काठमाडौं /२८ जेठ -शिक्षामा निरन्तर बहस, कलम चलाउँदै आउनु हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद पोखरेलसंग शिक्षण पेसाकालीन पेसागत धर्म, राजनीतिक हस्तक्षेप र लाजनीतिको अनुभूति विषयमा गरिएको कुराकानीको बाँकी भाग सातको संपादित अंश ।
तपाईको गुनासो वा आरोपको समाधान कसरी भयो ?
सम्भवतः २०४८ मंसीर /पौषतिर नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाले आफ्नो एकलौटी पार्टीको सरकारबाट विना चेतावनी, कुनै पूर्व जानकारी नदिएर तथा पार्टी नेतृत्वतहमा समेत आपसी छलफल नगरी ६ जना मन्त्रीहरुलाई पदबाट हटाएका थिए । मन्त्रीबाट हटाइएका तारानाथ राना भाटहरु सुर्खेतको पूर्णबहादुर खड्काजीको क्षेत्रको मेहलकुनामा पुगेका र कार्यक्रम रहेछ क्यार ? सोही क्रममा पूर्णजीको निर्वाचन क्षेत्र घुमाइको सिलसिलामा पुन : जम्काभेट भयो, वहाँले देख्ना साथ सोध्नु भयो ? ईश्वरी जी! संस्कृत माध्यमिक विद्यालय इत्राममा सरुवाभई जानु भएको छैन ? यो प्रश्नले ठूलो व्यङ्ग्य प्रहार गरे झैँ लाग्यो, ता पनि नमिठो भाषामा केही बोलिनँ ।
यत्ति मात्र भने, मलाई कसैले बोलाएको र सरुवाको पत्र दिएको छैन, अनि कसरी जानु ? चुपलागेँ । पार्टी भित्रग्रुप, सत्तापक्ष र इतर पक्षका समूह, उपसमूहका आआफ्ना स्वार्थ र लाभ हानिका कुरा हुन्छन्, म गुल्मीको एक्लो व्यक्तिको काम गर्न, गराउनकसलाई चासो ? गरे के हुने र नगरे के हुने ?कुनै बाध्यतानभएको अवस्थामा संस्कृत माविका प्र. अ. उदयबहादुर बस्नेत नेपालशिक्षक संघ सुर्खेतकाजिल्लाअध्यक्षले मलाई कसरी जोखिममोलेर सरुवा गरी लैजान्थे र ? यसरी पूर्णजीको वाचाले साकार रुप लिएको थिएन ।
मुलुकमा राजनीतिको विकृत रुप लाजनीति हो भन्नुको अर्थ के ?
२०४९ सालको बैशाखवा जेष्ठमा रेडियो नेपालको सुर्खेत शाखा स्टेशनको शिलान्यास प्रधानमन्त्री
कोइरालाबाट हुने रहेछ । गिरीजाबाबु प्रधानमन्त्री भएपनि बोलीमा लगाम थिएन । जहाँगयो, पुग्यो त्यहाँ
भाषणमा माले, मसाले र मण्डले एकै हुन् उद्घोष ग¥यो । सरकारी रेडियो तथा सञ्चार माध्यममा प्रमुख समाचार त्यही भाषण हुन्थे । त्यति बेला एकातिर वितण्डामा विश्वास गर्ने प्रतिपक्ष र उग्रताको नेतृत्व गर्ने सरकारका प्रमुख दुवैको असंवेदनशीलता र हठका कारण सत्तापक्ष र विपक्षको संघर्ष तथा असमझदारी केन्द्र, संसद हुँदै जिल्ला जिल्लामा विस्तार भएको थियो ।
सुर्खेत उपत्यकामा खानेपानीको समस्यालाई विरोध शैलीमा उजागर गर्ने, रित्ता गाग्री, बाल्टीहरु लिएर थाल ठटाउँदै रेली, जुलुस गर्ने भनेर विरोधीपार्टी पक्षका जिल्लाभरका कार्यकर्ता र समर्थकहरु जम्मा गरिएका थिए । यो व्यक्तिलाई पनि राजनीतिक मोह र आकर्षणले धेरै प्रभावित गरेको तथा गाँजेको हुनाले प्रायःयस्ता सबै कार्यक्रम नछुटाउने र पुग्ने, सहभागी हुने रोग लागेको थियो ।
म पनि विरोध रैलीवा जुलुसमा थिएँ, तर प्रधानमन्त्री चढेको गाडी मङ्गलगढी ब्यारेक अगाडिबाट बाङ्गे सिमलतिर अगाडि बढ्दा अचानक ढुङ्गा मुढागरिएछ । सुरक्षाकर्मीले जसो तसो मूलबाटोबाट सवारी हटाएर कच्चीबाटो डाइर्भसनको प्रयोग गरी प्रधानमन्त्रीलाई सुरक्षा साथ रेडियो स्टेशनमा पुराएछन् ।
यो घटनाले मलाई आत्मज्ञानको ढोका खोलिदियो । जीवनमा यस्ता कुनै पनि भीडभाड र उत्ताउला विरोध कार्यक्रम तथा सभा, समारोहमा भाग नलिने र बौद्धिक, प्राज्ञिक र मञ्चहरुमा धारणा राख्ने, लेख्ने र सञ्चार माध्यममा विचार प्रवाह गर्ने बाहेक कुनै पनि लाजनीतिको राजनीतिमा आफूलाई अलग गर्ने घोषणा सहित, उक्त घटनाको घोर निन्दा र भत्र्सना गर्दै प्रजातान्त्रिक आचरण, बहुदलीय प्रतिस्पर्धा र निष्ठाको राजनीति गर्न दलहरुलाई आग्रह गरिएको लेख सुसेलीमा प्रकाशन गर्न पुगेँ ।
यो लेखमा कसैको धुवाँधार विरोध र कसैको अतिरञ्जित प्रसंशा तथा समर्थन थिएन । मानवीय सभ्यताको उपहास गर्ने असभ्य हरकत प्रति तीव्र आक्रोश र निन्दा चाहिँ रोषपूर्ण थियो । प्रजातन्त्रमा आफ्ना कुराहरु सभ्य, शिष्ट र नम्रतापूर्वक राख्नु तथा सत्ता, शक्ति र नेतृत्वको विरोध हुनु,गर्नु उचितहुन्छ तर अभद्रता निन्दनीय र अस्वीकार्य हुन्छ भनिएको थियो । मेरो यो लेखबाट आयोजक समूह तथा वाम पक्षधर शक्तिहरु चाहिँ धेरै बेखुश भएका थिए ।
तपाईको सरुवा इत्राममा भयो वा राजनीतिक जालझेल मात्र के रहेछ ?
२०४९ जेष्ठको अन्तिमतिर पूर्णजीले तपाईलाई सम्झिनु भा,छ । वहाँको वीरेन्द्रनगरको घरको ठेगाना दिएर राघवजीले चिर्पटो पठाउनु भयो । पूर्णजीसंग विगत एक वर्षदेखि दुई पटकको भेटमा उही कुरा दोहोरिन्थ्यो । तर कुनै काममा प्रगति भएकै थिएन । सहारेदेखि वीरेन्द्रनगर ५० ̷ ५५ किमीको दूरी, सहारे छिन्चु पाँच छ घण्टा पैदल हिडेर यातायातको साधन पाइने र वीरेन्द्रनगर पुगिने हुँदापनि जोश जाँगरले गर्दा हिड्न मुस्किल मानिन्थ्यो । सूचनापाए बमोजिम म पूर्णजीलाई भेट्न पुगेँ । वहाँले आजसम्म तपाईलाई कसैले केही भनेन ? भनी सोध्नु भयो । मलाई कुनै जानकारी नभएको उत्तर दिएपछि पूर्णजीले एक कागजमा केही लेखेर उदय बहादुर बस्नेतलाई दिन र तपाईको प्रतीक्षा गरिरह्नु भा, छ भनीदिनु होला भन्नु भयो र म बिदाभएर निस्किएँ । बस्नेतलाई कागज तथा समाचार दिएर सहारे फर्किएँ ।
श्री कृष्ण संस्कृत माध्यमिक विद्यालयमा सरुवा भएको पत्रपाएँ र जनसेवा माविको रमाना लिएर २०४९ भदौँमा वीरेन्द्रनगर भित्रिएको थिएँ । तर २०५० साल जेष्ठमा पुन : सुर्खेतको पूर्वी उत्तर भेगको अवलचिङ्ग माविमा प्रधानाध्यापक पदमा पदस्थापना गरी सरुवा गरिएको पत्र पाएँ । वचनप्रतिको प्रतिवद्धताको पालना र राजनीतिक जालझेल दुवै भए झैँ व्यवहार गरियो ।
त्यतिबेला वर्षे विदा भएर घर फिर्दा सधैँ वीरन्द्रनगर पुगेर कार्यालयमा पस्ने, एक रात बास बस्ने र निस्किने गरिन्थ्यो तर केही सुराक पाइएन । घर, काठमाण्डौँ हुँदै श्रावणको अन्तिममा वीरेन्द्रनगरमा पुग्दा शिक्षाकार्यालय बाट श्री कृष्ण संस्कृत माध्यमिक विद्यालयमा सरुवा भएको पत्रपाएँ र जनसेवा माविको रमाना लिएर २०४९ भदौँमा वीरेन्द्रनगर भित्रिएको थिएँ । तर २०५० साल जेष्ठमा पुन : सुर्खेतको पूर्वी उत्तर भेगको अवलचिङ्ग माविमा प्रधानाध्यापक पदमा पदस्थापना गरी सरुवा गरिएको पत्र पाएँ । वचनप्रतिको प्रतिवद्धताको पालना र राजनीतिक जालझेल दुवै भए झैँ व्यवहार गरियो ।
सरुवा गरेर प्रधानाध्यापकको जिम्मेवारी दिनुको अर्थ के रहेछ ?
म सबै अर्थमा पेसागत क्षमतामा पूर्ण थिएँ र सबल थिएँ भने आसपासका राम्रो विद्यालयमा प्रधानाध्यापक दिन सकिन्थ्यो । सरुवा भएर आएको ९ महिनामा खेदाइको अर्थ बुझ्न नसकीरहेको बेला पूर्णको जुठो खाएर आएको बल्ल स्वाद भेट्यो, आफू आजीवन सदस्य रहेको नेपाल शिक्षक संगठनको नेताको आवाजका नमा गुञ्जियो । संस्कृत विद्यालयको एकमात्र संस्कृत अध्यापन गर्ने शिक्षक ९ महिनामा नै सरुवा किन भनी ? पूर्णजीलाई प्रश्न गर्न नपाउँदै, वहाँको स्वर सुनियो, बधाई छ, माविको प्रधानाध्यापक भएकोमा, तपाईको कार्य क्षमता र नेतृत्वको राम्रो मूल्यांकन भएछ ।
तपाई मात्र नयाँ प्रधानाध्यापक नियुक्तहुनु भएको थियो र ?
के कति जना नयाँ नियुक्त भएका थिए र को कसको सरुवा गरिएको वा जिम्मेवारी फेरबदल भएको भन्ने स्पष्ट स्मरण छैन । तापनि १८ ̷ २० जना मध्ये म पनि एक थिएँ । संस्कृत माविका प्र.अ. उदयबहादुर बस्नेत जनमावि वीरेन्द्रनगर, अमरज्योति माविका प्रअ हरिबहादुर कोइराला संस्कृत मावि इत्राममा ल्याइएका थिए । यस्तै जिल्ला भर माविका प्रधानाध्यापकहरुको र केही नयाँँको पदस्थापन गरिएकोमा भैरव स्थान माविका प्रअ युद्धबहादुर कार्कीले जिल्ला शिक्षाको सो निर्णय विरुद्ध अदालतबाट आदेश गराएर आफूलाई सुरक्षित गरेका थिए । जिल्ला शिक्षा अधिकारी नयनसिंह धामी एकपटक निर्णयको पालना गरिदिनु होस् अवश्य सच्चाएर न्याय पाउनुहुने छ भनिरहन्थे । आफ्नै तीन तीन छोराछोरी पढाउने विद्यालयको शिक्षकको मन्जुरी नलिइ सरुवा गर्ने अधिकारीको भनाइमा विश्वस्त हुने कुनै आधार थिएन । हरिबहादुर सैनिक आदेश झैँ ठाडो व्यवहार गर्दथे । उनले कुनै सहमति नगरी मलाई रमाना लिनु होस् र जानु होस् भनी हाजिर रोके ।
यो सरुवा र प्रधानाध्यापकको जिम्मेवारीलाई तपाईले कसरी लिनु भयो ?
म आफैँ पूर्ण अन्यौलमा थिएँ । मेरा पूर्व प्रअ उदयबहादुर बस्नेत साह्रै भावुक र उदार थिए । सादगी र सरल स्वभावका बस्नेतजी कहिले काहीँ नसामा पुग्दा र मनोरञ्जनको मुडमा हुँदा सबै सबै पिडा र अनुभूतिका कुराहरु व्यक्त गर्दथे । उनको भनाइ थियो, संस्कृत माविका लागि यो जिल्लामा योग्य र सही दावेदार ईश्वरीजी हुन्, सबैको सहमति र भनाइ हुन्थ्यो । तर नेपाल शिक्षक संघले तपाईलाई इत्राममा ल्याउने कुरामा कहिल्यै सहमति दिएन ।
जतासुकैबाट भाँजो हाल्ने, तपाईको सरुवा हुनै नदिने तिनै पूर्णजीले मलाई आफ्नो यहाँ बोलाएर ईश्वरीलाई सरुवा गरी ल्याउनु हुन्छ वा तपाई आफैँ प्रधानाध्यापकबाट हट्ने वा अन्यत्र सरुवा हुनुहुन्छ ? भनीधम्की दिए । धेरै अनुचित दवाव पछि मात्र तपाईको सरुवा संघको लिखित सहमति विना मेरो मौखिक सहमतिमा जिशिअले गरेका हुन् । तपाईलाई संस्कृत माविमा ल्याइएकोमा कोही खुशी थिएनन्, छैनन् । त्यसैले सर्प पनि मारिने, लठ्ठी पनि नभाँचिने योजनामुताबिक तपाईलाई प्रधानाध्यापकको पदस्थापन गराएर खेदेका हुन् ।
स्वर्गीय बस्नेत सरलाई काँग्रेसी जनको गुनासो थियो रे, उनीहरु अनुमान गरी सुनाउँद थिएँ रे , पूर्णजीले आफ्नो निर्वाचन क्षेत्रबाट काँडो झिके झैँ ईश्वरीलाई झिकेर ल्याए र हृदय रामथानीको क्षेत्रमा गाडे । ईश्वरी जी!तपाईकै शिक्षक संगठनका कतिपय साथीहरुको दृष्टिमा पूर्णको जुठो खाएकोले इत्राममा सरुवा गरी ल्याए र मान सम्मान दिएझैँ गरी पुन : दुर्गमको पहाडी क्षेत्रको विद्यालयमा खेदे भन्ने निचोड सुन्दछु ।
धन्य हो, बहुदलीय प्रणालीको राजनीति, कुटनीति र मानिसलाई उठाउने, गिराउने र षडयन्त्रमा फसाउने अनि कुराजनीतिको शिकार बनाउने भन्दै हृदय नथामिने गरी धर धर रोएको र मलाई कुनै पनि अर्थमा दोषी नठान्नु होलाभनी स्वर्गीय बस्नेत सरले क्षमा मागेको घटना आज पर्यन्त झल्झलि सम्झन्छु ।
धन्य हो, बहुदलीय प्रणालीको राजनीति, कुटनीति र मानिसलाई उठाउने, गिराउने र षडयन्त्रमा फसाउने अनि कुराजनीतिको शिकार बनाउने भन्दै हृदय नथामिने गरी धर धर रोएको र मलाई कुनै पनि अर्थमा दोषी नठान्नु होलाभनी स्वर्गीय बस्नेत सरले क्षमा मागेको घटना आज पर्यन्त झल्झलि सम्झन्छु ।
प्रधानाध्यापक पद बहाली गरी सेवा कसरी अगाडि बढाउनु भयो ?
जीवनमा एकजना मित्र नजोडेको र कोही कसैसंग पिडा बिसाउने स्थान नभएको व्यक्तिले के गर्न सकिन्थ्यो र ? रमाना बोकेर अवलचिङ्ग माविमा पुगेँ । एकातिर विद्यालय व्यवस्थापन समिति जुट्यो, मैले प्रधानाध्यापक मात्र होइन, शिक्षक पदबाट नै राजिनामा पेश गरेँ । सरकारी निर्णय र तपाईहरुको विद्यालयको मानका लागि मात्र आएको हुँ । माफ गर्नुहोला अब म शिक्षक तथा प्रधानाध्यापकको जागिर खान्नँ । विव्यस साह्रै भावुक बन्यो, विद्यालयमा छ वटा माविका दरवन्दी छन्, ५० प्रतिशत विद्यालयले रकम व्यहोर्न पर्ने हुँदा सधँै एक दुई दरवन्दी खाली नै रह्ने गरेका छन् । यसर्थ अर्को व्यवस्था नभएसम्म यसै विद्यालयको दरवन्दीमा काजमा बसेर जागिर सुरक्षा गर्न हामी सहमति दिन्छौँ, सोही किसिमको निर्णय गरेर, मैले दिएको राजिनामा बोकेर जिल्ला शिक्षा कार्यालय पुगे ।
अर्को तिर श्री कृष्ण संस्कृत माविका वि.व्य. स. अध्यक्ष डम्बरबहादुर बस्नेत, सुर्खेतका नेपाली कांग्रेसका सम्मानित नेता दुर्गा केशर खनाल, वि.व्य.स.का पदेन सदस्य वार्ड अध्यक्ष शिवप्रसाद गौतम लगायतको एकपटक पनि सहल्लाह नगरी मलाई रमाना दिएकोमा असन्तुष्टि रहेछ । म फर्किएर वीरेन्द्रनगर जाँदा वहाँहरुले एक शब्द नभनी, नसोधी रमाना लिएकोमा आत्मीयता साथ हकार्नु भयो र अन्याय सच्याउने वचन दिनु भयो । यसैबीच शिक्षा कार्यालयले पुनःप्रअपदमा नै चोल्पा मावि, सरस्वती मावि सिरुपाटा लेखगाउँ सरुवा गर्ने गरेका पत्रहरु थप्पिइ रहे । तर अन्तमा सबै तिरको प्रयास अस्वीकार गरेपछि १८ दिनका दिन पुनः श्री कृष्ण संस्कृत माविइत्राममा नै अर्को व्यवस्था नभएसम्म काज सरुवा गरियो । यसरी प्रधानाध्यापकको भूमिका बहन गर्ने मार्गमा बिर्को लगाइयो र शिक्षण पेसामा निरन्तरता दिइयो ।
शिक्षण पेसामा खुले आम राजनीतिक हस्तक्षेप प्रवेश भएको निचोडमा पुग्नु भयो ?
शिक्षण पेसा विशुद्ध सरस्वतीको स्वरुपझैँ स्वच्छ र दाग रहित हुन्छ भन्ने मेरो संस्कृत शिक्षा पढ्दाको मूल्य मान्यतामा धक्का लागि सकेको थियो । गुरुजनको पेसागत मर्यादा आफै शिक्षक भनिनेहरुले सत्ता र शक्तिका लागि अनाधिकृत व्यक्तिहरुलाई समर्पित गर्दै प्राज्ञिक, प्राविधिक तथा आचरणगत कमजोर हुन थालिसकेका थिए । शिक्षकबाट टपक्क टिपेर प्राथमिक शिक्षा परियोजना काकार्यक्रम संयोजक बनाउने र निजामती सेवाका विद्यालय निरीक्षकहरुलाई उनीहरुले परिचालन गर्ने पद्धतिलाई राजनीतिक संरक्षणमा अगाडि बढाइएको थियो । दर्जनौँ शिक्षकहरु स्रोत व्यक्तिहुने र उनीहरुकै मध्येबाट राजनीतिक हैसियतमा साधन स्रोत र सबै कार्यक्रमको पहुँचमा पकड राख्ने कार्यक्रम संयोजक नै शिक्षकहुने प्रणालीले शिक्षण पेसामा खुले आम राजनीतिक हस्तक्षेप प्रवेश गराइएको थियो ।
पूर्णजीका विश्वास पात्र एक जना नवराज भण्डारी थरका शिक्षक जिल्ला शिक्षा कार्यालयमा शिक्षा कार्यक्रम संयोजक थिए । जिल्लामा असली जिशिअको तोक लगाउने वा नक्कली भन्ने प्रचलन थियो । त्यति बेला जिशिअले गरेको निर्णय दिनमा दुई तिन पटक फेरिन सक्थ्यो तर भण्डारी सरको निर्णय पक्का हो भन्ने प्रचार प्रसार थियो ।
पूर्णजीका विश्वास पात्र एक जना नवराज भण्डारी थरका शिक्षक जिल्ला शिक्षा कार्यालयमा शिक्षा कार्यक्रम संयोजक थिए । जिल्लामा असली जिशिअको तोक लगाउने वा नक्कली भन्ने प्रचलन थियो । त्यति बेला जिशिअले गरेको निर्णय दिनमा दुई तिन पटक फेरिन सक्थ्यो तर भण्डारी सरको निर्णय पक्का हो भन्ने प्रचार प्रसार थियो । कारण पूर्णजी जस्ता नेताहरुले भण्डारी सरलाई मैले पठाएको भनी भन्नु र वहाँले सबै काम गरिदिनु हुन्छ भन्ने गर्दथे रे ? यसैले ती भण्डारी नै असली जिशिअको पदवीमा थिए । यसरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति देखि हरेक सेवा सुविधा उपलब्धतामा गरिएको राजनीतिक अभ्यासको विफल आजको अवस्थामा झाँगिएको, फैलिएको र देशलाई नै विध्वंसतिर डोराएको स्पष्ट अनुभव हुन्छ ।
राजनीतिक हस्तक्षेपबाट शिक्षण पेसामा विरक्तिआएन ?
किन नआउनु ? त्यति नै बेलाकुनै पत्रिकामा साइप्रसका लागि जागिरको अवसर भन्ने विज्ञापनले गुल्मी जुभुंगका सूर्यमणि गौतम, सुर्खेतका घरधनी सुरेन्द्र गौतम र म आफू घरपरिवारका कसैलाई थाह नदिएर विदेश जाने सपना बोकेर काठमाण्डौँ हानियौँ । दलाली संस्थाले शुरुमा बीस बीस हजार र पछि २०५३ वैशाखमा फेरि बीस बीस हजार माग्यो । चालीस चालीस हजार बुझाएर तीनै जना साइप्रसको रोजगार अनुमति भिषाको पर्खाइमा बस्यौँ ।
एकातिर म माध्यमिक तहको शिक्षक जीवनभर कुनै शारीरिक परिश्रम नगरेको र हातमा सीप नभएको महापट मूर्ख, अर्कोतिर सुरेन्द्रजी सुर्खेतको नामचलेको रमेश वाच सेन्टरका प्रोपोराइटर र सिद्धहस्तकुशल मेकानिकल तथा सम्पन्न घरानिया व्यक्ति, साथै, घरायसी आर्थिक सम्पन्न तर पढाइलाई अलपत्र छाडेर बेरोजगारीबाट रोजगारीको मोहमा जे पनि गर्न सक्छु भन्ने आँट र उमेर भएका सूर्यमणिको जोडी अचम्मको थियो । यो सपना कति दिन दिगो हुन सक्थ्यो र ? भयो पनि त्यस्तै ।
वैदेशिक रोजगार प्रतिनिधि कहाँ जागिरको कार्य प्रकृति र सर्त फरक फरक भरियो । तर रोजगार अनुमतिका लागि भिषा आउँदा हामीले माग गरेको काम भन्दा छुट्टै कामको विवरण तथा आर्थिक सेवासर्तको पत्रआएकोले शंका लाग्यो । दलालहरुले एक लाख सत्तरी हजार माग गरेका थिए र मागभन्दा फरक कामको सर्त हुन आएकोले बीसहजार कम गरी पठाउने र यीयी कारणले फरक भएको हो भनेर हामीलाई धेरै फकाउन खोजियो । तर अनावश्यक जोखिममा फस्नु भन्दा चालीस चालीस हजार छाडेर विदेशको मोह सुरेन्द्रजी र मैले त्याग्यौँ । तर युवा सूर्यमणि साइप्रस गए र संघर्ष गर्दै वर्षौँ त्यहाँ बिताएर अन्ततः अमेरिकी नागरिक हुनपुगे ।
विरक्तिएको शिक्षण पेसाबाट कसरी मुक्तहुनु भयो ?
विद्यार्थीहरु ठूलो समूहमा राखी शिक्षकहरुले ४/५ पिरियड पढाउनु अपराध हो भन्ने मान्यता स्थापित गरी ठूला कक्षाहरुलाई जबर्जस्त वर्गमा विभाजन गर्न लगाएर आफू शिक्षण पेसामा हुँदा दैनिक सात घण्टीसम्म पनि अध्ययन, अध्यापन गरियो । विद्यार्थीहरुका सबै कापी साँझ, बिहान चेक गर्ने, पृष्ठपोषण दिने र नवीन नवीन सिर्जनामा सरिक गराएर प्रतिभा विकासमा सरिक हुँदापनि कहिल्यै स्यावास, धन्यवाद पाइएन । जिशिअ भएका नक्कली हैसियतका अधिकारीले आफ्नै छोराछोरीले पढ्ने विद्यालयका कक्षा शिक्षकलाई बेमौसममा सरुवा गर्ने, खेद्ने कार्यको गोटी बन्ने अवस्था विश्लेषण गर्दा, २०४४ असौजदेखि २०५० जेष्ठसम्मको शिक्षण पेसाको आत्म समीक्षा गर्न विवश भएँ ।
आधारभूत शिक्षा परियोजनामा तिर्थराज खनिया र अर्जुन विष्टहरुको चकचकी रहेछ, उनीहरुले पूर्णजीजस्ता नेताहरुले फोन र चिट लेखेर पठाएपछि तुरुन्त स्रोत व्यक्तिको नियुक्ति दिँदा रहेछन् ।
आधारभूत शिक्षा परियोजनामा तिर्थराज खनिया र अर्जुन विष्टहरुको चकचकी रहेछ, उनीहरुले पूर्णजीजस्ता नेताहरुले फोन र चिट लेखेर पठाएपछि तुरुन्त स्रोत व्यक्तिको नियुक्ति दिँदा रहेछन् । एकपटक पूर्णजी कालोपुल आसपास बस्नु हुँदो रहेछ क्यार सुर्खेतका घरबेटी सुरेन्द्रजी आएको बेला मलाई त्यहाँ जानु छ, जाऔँ भन्नु भएअनुसार त्यहाँपुग्दा दलबहादुर तथा नरेश भण्डारी हुन् क्यार, स्रोत व्यक्ति बनाउने कुरा रहेछ । मलाई आफ्नो पक्षमा खुलेर सहयोगी नभएकोले तिमीले पनि यो अवसर पाउन सक्थ्यो तर गुमायौँ भनी झटारो हानेझैँ लाग्यो ।
म आफूले राजनीतिक तथा प्रशासनिक अभिभावकत्वमा पहुँच नभएको, मानवीय सहृदयता टुटेको समाजमा जागीर खान र टिक्न र स्वाभीमान पूर्वक बांच्न कठिन भएको महसूशभएको थियो । यसै सन्दर्भमा चोरी जस्तो अनियमित किसिमको एक वर्षे बिएडको उपाधिका लागि विगतदुई तीनवर्ष फाराम भर्ने तर परीक्षामा कहिल्यै सहभागी नहुने रोगमा फसेको थिएँ । तर जतासुकैबाट अपमान र झटारो पर्ने र देश वा विदेश जहाँपनि सुखले जागिर नहुने देखेपछि बाध्य भएर दासताको प्रतीक कर्मचारी भूमिकामा प्रवेश गर्दिनँ भन्ने जिद्दी त्यागेर कीर्तिपुर शिक्षाक्याम्पसबाट एक वर्षे बिएड २०५१ मा अनियमित विद्यार्थी भएर पनि उत्तीर्ण गरेँ । २०५३ सालको विद्यालय निरीक्षकको विज्ञापनमा सहभागी भएर १५८ जनामध्ये पाँचौँ स्थानमा नाम निकाली निजामती सेवामा प्रवेश गरेर २०८१ बैशाखमा उपसचिव पदबाट निवृत्त हुने तयारीमा छु ।



