नेपालको शिक्षा प्रणाली लेबोर फ्याक्ट्री नै हो त ?

काठमाडौं /३ बैशाख-नेपालमा कोभिड-१९ पछि पठनपाठनमा अनलाइन प्रविधिको प्रयोग निकै बढ्यो । नेपालको शिक्षा प्रणालीमा डिजिटल टुल्सको प्रभाव, यसले विद्यालय शिक्षामा ल्याएको परिवर्तन र शिक्षक तथा प्रधानाध्यापकलाई प्रविधिसँग जोडिएर काम गर्ने आधार खडा गरेको छ ।


ई–डिजिटल नेपालले डिजिटल साक्षरता बारे सेमिनार गरि करीब ८ सय भन्दा बढी विद्यालयहरुलाई डिजिटल टुल्सको प्रयोग गर्नका लागि भूमिका खेलिरहेको छ । सेमिनार तथा विद्यालयको भ्रमण गर्दा देखिएका समस्या, शिक्षा क्षेत्रको दिशा ,प्रधानाध्यापकको नेतृत्व, काभिड–१९ पछिको शिक्षा नीति लगायतका विषयमा ई–डिजिटल नेपालका संस्थापक,बिजनेस हेड इ. बसन्त गुप्तासँग गरिएको संवाद ।


नेपालको शिक्षा प्रणालीलाई कसरी हेर्नु भएको छ ?


कुनै एसईई गरिसकेको विद्यार्थीलाई सोध्नुस, आफुलाई ५ वर्ष पछि कहाँ हेर्न चाहन्छ भनेर । उसको एउटै जवाफ हुन्छ खाडी देश वा युरोप ÷अस्ट्रेलिया अथवा कनै विकसित देशको नाम लिन्छन् । नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने संस्कार र विश्वास नेपालको शिक्षा पद्धतिले युवाहरुलाई दिलाउन सकेको छैन । २० वर्ष पहिला जुन शिक्षा दिने पद्धति थियो त्यो अहिले पनि कायमै छ । “Struggling is  good things but it  should  be  in  best  direction “, हाम्रो शिक्षा प्रणाली स्ट्रगल त गरिरहेको छ तर दिशा विहिन भएर ।


देशको शिक्षा क्षेत्रले सही दिशा नपाउनुको करण के होला ?


दिशा देखाउने काम लिडर ले गर्छ । विद्यालय तहबाट प्रधानाध्यापकले र माथिल्लो तहबाट शिक्षा निकायहरुले गर्नुपथ्र्यो तर, हुन सकेन । जसरि नेताको को कुनै पोष्ट हुदैन, नेतालाई भिडले रोज्छ र माग अनुरुप काम गर्न सकेन भने केही वर्ष पछि परिवर्तन गरिन्छ ठिक त्यसै गरी प्रधानाध्यापकको नेतृत्व परिवर्तन गर्नुपथ्र्यो तर राजनीतिक शक्ति को आडमा बर्षौदेखी पद लिएर बसिराखेका छन् ।


अहिले पनि ६० दखि ८० प्रतिशत प्रधानाध्यापक स्मार्ट फोन र कम्प्युटर चलाउन जान्दैनन् । उनीहरुले २० वर्ष पुरानै शिक्षा पद्धतिकै भरमा अभिभावक, विद्यार्थी र शिक्षकलाई नेतृत्व गर्दै विद्यालय सञ्चालन गरिरहेका छन् । यसरी एउटा ननटेक फ्रेन्ड्ली र अनअप्डेट नेतृत्वले कहिले पनि विद्यार्थी, शिक्षक र शिक्षा प्रणालीलाई परिवर्तन गरी नयाँ दिशा दिन सक्दैन । जुन देशको ८० प्रतिशत विद्यालयहरु दिशा बिहिन छन् ।


डिजिटल टुल्सको प्रयोगले विद्यालय र प्रधानाध्यापकको नेतृत्व विकासमा कसरी परिवर्तन ल्याउन सम्भव छ ?


जसरि डक्टरले डिजिटल टुल्सको रिपोर्ट हेरेर बिरामिको समस्या पत्ता लगाएर समाधान दिन्छन र औषधि उपचार गर्छन् त्यसै कारणले डक्टरलाइ मेडिकल कन्सल्टेन्स भनिएको हो । ठिक त्यसै गरी प्रधानाध्यापक पनि डिजिटिल टुल्सको प्रयोग गरेर शैक्षिक परामर्श दिन सक्नु हुन्छ । डिजिटल टुल्सले विद्यार्थी, शिक्षक र विद्यालयलाई प्रविधिसँग जोड्दै, विद्यार्थी र शिक्षकको शैक्षिक र विद्यालय भित्रको शैक्षिक गतिविधिलाई एक क्लिकमा हेर्न सकिन्छ ।


यसले शैक्षिक संस्थाहरुमा भएका कमिकमजोरी डिजिटल म्यानेजमेन्ट टुल्सले रिपोर्ट जेनेरेट गरेर स्मार्टफोनमा पठाई दिन्छ । त्येस्तै प्रधानाध्यापकले स्मार्टफोन एपबाट एक हजार विद्यार्थीको परीक्षाको रिजल्ट, हाजिरी रिपोर्ट, आनलाइन लर्निङ्गको बारेमा साथै शैक्षिक अवस्था हेर्न मिल्छ ।


कोभिड–१९ को महामारीको समयमा कसरि ई–डिजिटल नेपालले विद्यार्थी र विद्यालयलाई डिजिटल्ली जोड्ने काम ग¥यो ?


कोभिड–१९ को महामारीको समयमा हाम्रा विद्यालयहरुमा इकोसिस्टम (विद्यार्थी, शिक्षक, विद्यालय) सबै भौतिक दूरी बनाउनुपर्ने बाध्यता भयो । यो सँगै लामो समयसम्म विद्यार्थीहरु घरमै बस्नु पर्ने र विभिन्न माध्यमबाट भएपनि पठनपाठन सञ्चालन गर्नुपर्ने अवस्था हामीसँग थियो ।


यस्त खालका समस्यामा पनि सहज तरीकाले काम गर्नका निम्ति ई–डिजिटल नेपालले विद्यालयको इकोसिस्टमलाई डिजिटल्ली जोड्नको लागि ४ ओटा मोबाइल एप ( विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय) प्रयोगमा ल्याएको छ । जहाँबाट अनलाईन कक्षा सञ्चालन गर्न सकिने र म्यानेजमेन्ट टुल्सको कामहरु गर्न सकिन्छ ।


अन्तमा के भन्न चाहानुहुन्छ ?


देश बचाउनु छ भने, शिक्षा नीति बदल्नुपर्छ र यो काम विद्यालय स्तरबाट प्रधानाध्यापकले गर्न सक्नु हुन्छ भने माथिल्लो तहमा शिक्षा निकायहरुले गर्न सक्छन् । अबको समय डिजिटल समय हो त्यसकारणले पनि विद्यालयमा प्रयोगात्मक र डिजिटल शिक्षा नीति अपनाउनु पर्छ ।