पूर्व मिस नेवाः सुनिता डंगोलको चुनावी घोषणापत्र : प्राविधिक शिक्षामा जोड

काठमाडौं /२ बैशाख-काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारी घोषणा गरेकी पूर्व मिस नेवाः सुनिता डंगोलले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा सुधार थप सुदृढ गर्ने बताउदै आफ्नो घोषणपत्र सार्वजनिक गरेकी छन् ।


शुक्रबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ८ खम्बे विकासको मोडलसहित काठमाडौंको स्थानीय भाषा “नेपाल भाषाको” पठनपाठनलाई अझ थप प्रभावकारी बनाउन आवश्यक व्यावस्था गरिने उल्लेख गरेकी छन् ।


त्यसैगरी विद्यालयहरुमा व्यवसायिक शिक्षाको कार्यक्रम समावेस गरी विद्यार्थीहरुलाई प्राविधिक तथा व्यवसायिक शिक्षामा रुचि बढाउने र विद्यार्थीहरुलाई स्वबलम्बन बनाउन आवश्यक व्यावस्था मिलाईने घोषणपत्रमा रहेकोे छ । यसमा स्टेम र टिभिईटी शिक्षालाई समावेश गरीने छ ।

https://drive.google.com/file/d/1j3UMoBlvja4ljX4v960ABLdQ-tRLyOmA/view