त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह पुस ५ गते हुने


काठमाडौं /२२ मंसिर-त्रिभुवन विश्वविद्यालयको सत्चालिसौँ दीक्षान्त समारोह पुस ५ गते हुने भएको छ । समारोह विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलय बल्खुको प्राङगणमा आयोजना गरीने भएको हो ।


विश्वविद्यालयले कोभिड-१९ को कारण यस वर्षको दीक्षान्त सारोहमा विद्यावारिधि, एम.सि.एच, एम.फिल र दीक्षान्त पदक, पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरुलाई मात्र दीक्षान्त समारोहमा सहभागि गराइने जनाएको छ ।