काठमाडौं /२२ मंसिर- नेपाल संस्कृत विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागि हुनका लगि आवेदन फारम खुला गरेको छ । पाँचौ दीक्षान्त समारोहमा सम्मिलित हुनका लागि आवेदन फारम खुला गरेको हो ।
दीक्षान्त समारोहमा सम्मिलित हुन चाहाने २०६७ देखी २०७५ सालसम्म शास्त्री, एकवर्षे शिक्षाशास्त्री, चिकित्साशास्त्र शास्त्री, आचार्य र विद्यावारिधि परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरु समारोहमा सहभागि हुन पाउने जनाएको छ ।
सहभागि हुने विद्यार्थीले पुस २७ गतेभित्र विश्वविद्यालयको कार्यलयमा आइपुग्ने गरी रीतपूर्वक अनलाईन वा स्वयं उपस्थित भई आवेदन दिन सकिनेछ ।



