काठमाडौं/२२ मंसिर-सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना प्रक्रिया स्थगन गरेको छ । चिकित्सा शिक्षा आयोगको निर्देशन पछि १५ वटा कलेजमा प्रमाणपत्र तह नर्सिङमा भर्ना प्रक्रिया स्थगन गरेको हो ।
राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगले गरेको निर्णयको प्रतिकुल भएकाले त्यस्ता शिक्षण संस्थामा विद्यार्थी भर्ना सम्बन्धि भएका सूचना रद्द गर्न निर्देशन दिइएका कारण १५ वटा शिक्षण संस्थाको अर्को सूचना नहुन्जेलसम्मका लागि भर्ना प्रक्रिया स्थगन गरेको जनाएको छ ।
उक्त शिक्षण संस्थामा भर्नाका लागि आवेदन दिएका आवेदक परीक्षार्थीहरुको आवेदन शुल्क फिर्ता दिने वा प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका अन्य शिक्षण संस्थामा आवेदन गर्न चाहेमा समेत सहभागि हुन पाउने गरी व्यावस्था मिलाइने बताइएको छ ।
साथै निशुल्क छात्रवृत्ति कार्यक्रमका लागि १५ वटा कलेजमा परीक्षार्थीले प्राथमिकरण गरेको भएमा उक्त शिक्षण संस्था हटाई सो पछिको शिक्षण संस्थालाई आधार मानि छनोट गरी भर्नाका लागि सिफारिस गरिने समेत जानकारी दिइएको छ ।
प्रमाणपत्र तह नर्सिङ कार्यक्रमको विद्यार्थी भर्ना प्रक्रिया स्थगन गरिएका शिक्षण संस्थाहरु:
१. नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि. , मोरङ
२. नेसनल मेडिकल कलेज,पर्सा
३. बि.एण्ड.बि. नर्सिङ कलेज, ललितपुर
४. नागरीक कम्युनिटि टिचिङ हस्पिटल, भक्तपुर
५. नारायणी सामुदायिक हस्पिटल, चितवन
६. कलेज अफ मेडिकल साइन्स, चितवन
७. अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स, ललितपुर
८. नेपाली सेना स्वस्थ्य विज्ञान संस्थान, काठमाडौं
९.काठमाडौं मोडेल हस्पिटल स्कुल अफ नर्सिङ, काठमाडौं
१०. मनमोहन मेमोरियल इन्स्टिच्युट अफ मेडिकल साइन्स, ललितपुर
११.ओम हेल्थ क्याम्पस, काठमाडौं
१२. मणिपाल कलेज अफ मेडिकल साइन्स, कास्की
१३. लुम्बिनि मेडिकल कलेज एन्ड रिसर्च अस्पताल,पाल्पा
१४. देवदह मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, रुपन्देही
१५. नेपालगञ्ज नर्सिङ क्याम्पस,बाँके



