ओटिसले ल्यायो कोरियन भाषा परीक्षा अभ्यासको प्लेटफर्म

काठमाडौँ /१ मंसिर – नेपालको पहिलो ई-लर्निङ प्लेटफर्म ओटिसले कोरियन भाषा परीक्षा (UBT Test) को लागि अनलाइन प्लेटफर्म ल्याएको छ । कोरियन भाषाको तयारी गरीरहेका विद्यार्थी एवं भाषा प्रशिक्षण गरीरहेका संस्थाहरूले यो प्लेटफर्मको प्रयोग गरेर विद्यार्थीहरूले स्वयंको र संस्थाहरूले आफ्ना विद्यार्थीहरूको तयारीको स्तर सहज रूपमै पहिचान गर्न सकिने ओटिसले जनाएको छ ।

नेपालकै उत्कृष्ट कोरियन भाषा प्रशिक्षक खिरेन्द्र मोक्तानद्वारा परीक्षामा आउन सक्ने अत्यन्त संभावित प्रश्नहरूको संकलन गरी सही जवाफका विकल्पहरू समेत दिइएको यो महत्वपूर्ण परीक्षाको अवसर लिन विद्यार्थी एवं संस्थाहरूले www.exam.ottish.com  मा गएर रजिष्टर हुने र रजिष्टर भइसकेपछी उक्त वेबसाइट बाटै परीक्षा अवधिसम्म परीक्षामा निःशुल्क सहभागि हुन सकिने छ । आफुले हल गरेका प्रश्नहरूको प्राप्ताङ्क सहित विद्यार्थीले आफ्नो स्तरको जानकारी अत्यन्त सहजताका साथ पाउन सकिने समेत ओटिसले जनाएको छ ।

ओटिसका अनुसार कोरियन भाषाको तयारी गरीरहेका विद्यार्थीहरू र भाषा प्रशिक्षण गरीरहेका संस्थाहरूलाई भाषा परीक्षाको लागि यो प्लेटफर्म आर्थिक दृष्टिकोणले सस्तो र व्यवहारिक हिसाबले सरल, सहज र अत्यन्त उपयोगी हुनेछ ।