एसईई पछि पढ्न पाइन्छ डेन्टल हाइजिन

काठमाडौ /११ जेठ – एसईई पछि पढ्न पाइने डेन्टल हाइजिन खास गरी दाँत र मुख सम्बन्धि रोग र यस सम्बन्धि कोर्ष हो । दाँतको उपचारसँग सम्बन्धित यो कोर्षलाई सर्टिफिकेट इन डेन्टल साइन्स अन्तर्गत डेन्टल हाईजिन भनिन्छ । डेन्टल हाइजिन कोर्ष दातसँग मात्रै सम्बन्धित नभइ आर्टसँग पनि सम्बन्धित हुन्छ । कुनै मान्छेको दाँत छैन भने उसका लागि चपाउन सक्ने गरि , उसको अनुहारमा सुहाउने गरि दाँतको डिजाइन गर्नु पर्ने भएकाले यसलाइ आर्ट पनि भनिन्छ । अझ चिकित्सा भाषामा यसलाइ स्माईल डिजाईन पनि भनिन्छ ।


एसईई पछि पढ्न पाईने यो कोर्ष तिन वर्षको हुन्छ । पहिलो वर्षमा विद्यार्थीहरुले कोर बिषय पढ्छन । दोस्रो वर्षमा डेन्टल साईन्स र पब्लिक हेल्थ विषय अध्यन गर्छन भने तेस्रो वर्ष अस्पताल र सामुदायमा काम गर्नका लागि आवश्यक सीप, ज्ञान प्रयोगात्मक ढंगले सिक्छन ।


प्राविधिक तथा व्यवसायिक तालिम परिषद् ( सीटीईभीटी) अन्तर्गत पढाई हुने यो कोर्ष पढ्नका लागि सीटीईभीटीले लिने प्रवेश परीक्षामा उत्र्तीण हुनुपर्छ भने एसईई मा कम्तिमा सी ग्रेड ल्याउने विद्यार्थीले यो विषय पढ्न पाउँछन । यो कोर्ष पढ्नका लागि साढे ४ लाख देखि ५ लाख सम्म खर्च लाग्छ ।


तीन वर्षको कोर्ष पुरा गरीसकेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट लाइसेन्स लिएर काम गर्न योग्य हुन्छन । उनिहरु दन्त शिक्षा कार्यक्रम चलाउने ,विद्यालय तथा अस्पतालमा बालबालिका लाई दाँतको किराले खानबाट बचाउने, दाँत सफा गर्ने, पोलिसिङ गर्ने, एक्सरे लिने, डाक्टरलाई एसिस्ट गर्ने , बिमारिलाई काउन्सेलिङ गर्न सक्ने हुन्छन भने विभिन्न एनजीओ आईएनजीओमा समेत काम गर्न सक्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *