अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि १ अर्ब रकम विनियोजन

काठमाडौं/१५ जेठ– सरकारले अनुसन्धान नवप्रवर्तन र आविष्कारको लागि कुल बजेटको १ प्रतिशत वजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।


यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत छुट्टै निकाय बनाएर कार्यक्रम कार्यान्वयमा ल्याइने अर्थमन्त्री डा.प्रकाशशरण महतले घोषणा गरेका छन् । यसका लागि १ अर्ब रकम विनियोजन गरिएको छ ।