महिला शिक्षकलाई सरुवाको प्रलोभनमा यौन प्रस्ताव राख्ने गरेको खुलासा

  •  
  •  
  •  
  •  
  •  


तनहुँ/२१ असोज–तनहुँमा एक जना महिला शिक्षकलाई सरुवा गरिदिने प्रलोभन देखाउदै यौन सम्पर्कका लागि दबाब दिएको पाईएको छ । तनहुँका एकजना शिक्षक नेताले महिला शिक्षकलाई सरुवा गरिदिने वहानामा यौन सम्पर्कका लागि प्रस्ताव राख्दै दबाब दिइएको पाइएको हो ।


स्रोतका अनुसार महिला शिक्षकलाई “भोलि भेटम है, भेटेर सेक्स् गरम है” भन्दै यौन पस्ताव राख्ने बारम्बार म्यासेज पठाउने र दबाब दिने गरेको जनाएको छ । तर महिला शिक्षकले प्रस्ताव अस्विकार गरेर गालि गरेपछि शिक्षक नेताले माफि मागेको स्रोतले बताएको छ ।

तनहुँका पालिकामा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल भएको गुनासो बढी आउन थालेको छ । जनप्रतिनिधि र शिक्षक नेताहरुको मिलेमतोमा आर्थिक चलखेल हुने गरेको नाम नखुलाउने सर्तमा शिक्षकहरुले खबर एजुकेशनलाई बताएका छन् ।


उनीहरुले मावि सरुवा गरेको चार लाख,निमाविको तिनलाख र प्राविको सरुवा गर्दा दुइलाख बुझाउन बाध्य पार्ने गरेको गुनासो गरका छन् । भन्छन् “त्यति पैसा नदिने हो भने न सरुवा हुन्छ न ढुक्कले पढाउने वातावरण बन्छ ।”


त्यसैगरी शिक्षक नियुत्तिमा समेत नियुक्ति गर्दा लाग्ने सम्पुर्ण खर्च शिक्षकलाइ नै व्योहर्न लगाउने गरेको स्रोतको भनाई छ । विज्ञलाई दिनेदेखि परीक्षा सञ्चालनका सम्मका सम्पुर्ण खर्च नियुत्ति हुने शिक्षकको पहिलो महिनाको तलबबाट व्योहर्न बाध्य बनाएको स्रोतले जनाएको छ ।


केहि दिन अगाडि यस विषयमा “तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल”शिर्षकमा खबर एजुकेशनमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भए पछि शिक्षक सरुवाका नममा लिइएको दुईलाख रकम मध्ये एक लाख पचास हजार फिर्ता भएको छ । प्रावि तहका शिक्षकसँग लिइएको उक्त रकम फिर्ता गरिए पनि पालिकामा बुझाएको पचाँस हजार भने अहिले सम्म फिर्ता गरिएको छैन ।

यस समाचारको वृस्तित जानकारी खबर एजुकेशनले केहि दिनमा प्रकाशित गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *