तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल

तनहुँ/२१ असोज-तनहुँमा शिक्षक सरुवा र नियुक्तिमा आर्थिक चलखेल भएको गुनासो आउन थालेको छ । जनप्रतिनिधि र शिक्षक नेताहरुको मिलेमतोमा आर्थिक चलखेल हुने गरेको भन्दै शिक्षकहरुको गुनासो आउन थालेको हो ।


उनीहरुले मावि सरुवा गरेको चार लाख,निमाविको तिनलाख र प्राविको सरुवा गर्दा दुइलाख लिने गरेको नाम नखुलाउने सर्तमा शिक्षकहरुले बताएका छन् ।


यस विषयमा तनहुँका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले सामाजिक सञ्जालमा पोष्ट गर्दे भनेका छन् “एक दुई हप्ता पहिला तनहुँबाट सरुवा हुने मावि शिक्षकले चारलाख बुुझाउनु प¥यो भन्दै गुनासो गर्नु भयो । आज अर्को जिल्लामा एक जना प्रावि शिक्षकको सरुवा भएको जानकारी दिनु भयो । कति खर्च गर्नु भो भन्दा डेड्लाखमा भयो सर, तपाइलाई त सस्तो भयो भन्थे, भोज खुवाउन बाँकी नै छ । रकम कसलाई दिनु भयो नि भन्दा पालिकालाई पचास हजार,समन्वयमा बुझाउन भनेर शिक्षकका नेतालाई ७५ हजार ।”


उनले लेखेका छन्“शिक्षा दिनेहरुका नेताहरुले नै दलालीको काम गर्न थाले पछि कहिले होला सुधार ”


तनहुँका शिक्षक नेताहरुले सुरुवा र नियुक्ति गरिदिने नाममा शिक्षकहरुसँग खाजाघरमा बस्ने ठुलो रकम तिर्न लगाउने र सरुवा गरिदिए बापत मोटो रकम माग्ने गरेको शिक्षकहरुले खबर एजुकेशनलाई बताएका छन् ।


यस समाचारको वृस्तित जानकारी खबर एजुकेशनले केहि दिनमा प्रकाशित गर्ने छ ।