भक्तपुर/६ असोज-सूर्यविनायक नगरपालिकाले कार्तिक ७ गते देखि सामुदायिक तथा संस्थागत विद्यलायहरु खोल्ने निर्णय गरेको छ । असोज ४ गते बसेको नगर शिक्षा समितिको बैठकले नगरपालिका भित्रका पूर्व प्राथमिक देखि कक्षा १२ सम्मका विद्यलाय खोल्ने निर्णय गरेको हो ।
त्यसैगरी कक्षा ९ देखि १२ सम्म सञ्चालित विद्यालयहरुले दशै अगावै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न चाहेमा असोज ७ गते देखि स्वास्थ्य मायदण्डको पूर्ण पालना गर्दे पठनपाठन गर्ने सक्ने जनाएको छ ।
पूर्व प्राथमिक देखि कक्षा ८ सम्मको हकमा भने दशै अगावै भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । तर स्वास्थ्य मायदण्डको पूर्ण पालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ ।



