पीएचडी र मास्टर डिग्रीको कुनै मूल्य छैन : तालिबानी शिक्षामन्त्री

अफगानिस्तान/२४ भदौ-तालिबानका शिक्षामन्त्री शेख मौलवी नूरुल्लाह मुनिरले पीएचडी र मास्टर डिग्री केही नभएको बताएका छन् । १२ कक्षा पनि पास नगरेका तालिबानीहरु शक्तिशाली रहेको भन्दै पीएचडी र मास्टर डिग्री केही नभएको बताएका हुन ।


यस्तो अभिव्यक्तिले तालिबानको सरकारको घोषणा हुने बित्तिकै शिक्षाको विषयमा उनीहरुको सोच,हेराइ कस्तो छ प्रष्ट देखिन्छ । तालिबानी सरकारमा शिक्षामन्त्री बनेका शेख मौलवी नूरुल्लाह मुनिरले पीएचडी र मास्टर डिग्रीको कुनै मूल्य नभएको बताएका छन् ।


उनले भने, ‘मुल्ला र सत्तामा समावेश तालिबानी नेतासँग पनि यी डिग्री छैन, यहाँसम्म कि उनीहरुसँग १२ को डिग्रीसमेत छैन तरपनि उनीहरु शक्तिशाली छन् ।’ अहिले उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालहरुमा निकै भाइरल भएको छ ।एजेन्सी