काठमाडौं/२५ भदौ-सिटिइभिटि स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले प्रि डिप्लोमा तहको स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको स्तरोन्नतिका लागि पक्रियामा रहेका संस्थाहरुलाई सम्बन्धन स्वीकृत दिलाइदिन्छु भनि गैर कानुनी कार्य गरिएको प्रति ध्यानकार्षण भएको जनाएको छ ।
स्तरोन्नतिका लागि प्रक्रियागत चरणमा रहेका संस्थाहरुको काम कारबाहीका सम्बन्धमा परिषद् कार्यलयप्रति आँच आउने किसिमका भ्रमपूर्ण अफवाहहरु फैलाइएको भन्दै यस्ता गतिविधि नगर्न र नगराउन समेत आग्रह गरेको हो ।
साथै स्तरोन्नतिका लागि पेस भएका कार्यक्रमहरुको स्तरोन्नति सम्बन्धी सम्पूर्ण प्रक्रियागत चरणहरु पहिला देखिनै परिषद् कार्यलयको वेबसाइटमा राख्ने कार्य भएको र स्तरोन्नतिका लागि बाँकी प्रक्रियागत चरण जस्तै स्थलगत निरिक्षण, पूर्वाधार तयारी आदिको जानकारी वेबसाइटबाटै प्रकाशित गरीने जनाएको छ ।
मापदण्ड बमोजिम उपयुक्त संस्थाको सूचि परिषद्को वेबसाइटमा राखिने र सम्बन्धित संस्थाका पत्रहरु इमेल मार्फत सम्बन्धित संस्थाकै ठेगानामा पठाइने हुँदा तत् सम्बन्धि सेवा अनलाईन विधिबाटै प्राप्त गर्न सकिने सूचना द्धारा जानकारी गराएको छ ।



