बेइजिङ /१० भदौ-चीनले नेता सी जिङपिङको बिचारधारा अनिवार्य रुपमा पठनपाठन गर्नुपर्ने बनाएको छ । राष्ट्रिय पाठ्यक्रम परिमार्जन गर्दै प्राथमिक विद्यालयलदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीहरुले राष्ट्रपति सी जिङपिङको बिचार अनिवार्य रुपमा पढ्नुपर्ने बनाएको हो ।
नयाँ पाठ्यक्रम मंगलबारदेखि जारी गर्दे समाजवादलाई प्राथमिकतामा राख्न चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका नेता सी जिङपिङको बिचारधारा अनिवार्य रुपमा पढ्नु पर्ने बनाइएको छ ।
परिमार्जित पाठ्यक्रममार्फत राष्ट्रपति सी जिङपिङको बिचार राष्ट्रिय पाठ्यक्रममा समावेश गराइँदा युवा पुस्तामा मार्क्सवादी बिचारधारा स्थापना गर्न मद्दत पुग्नुका साथै विद्यार्थीहरुमा देशभक्ति भावना र पार्टीको संकल्प पूरा गर्ने उद्देश्य राहेको चीनको शिक्षा मन्त्रालयले जनाएको छ ।
विद्यालय तहमा राष्ट्रपतिको बिचारधारा अनिवार्य हुने गरी राष्ट्रिय पाठ्यक्रममा समावेश गरिएको पहिलो पटक भएपनि यसअघि देखिनै कतिपय विश्वविद्यालहरुमा राष्ट्रपतिको बिचारधारा पठनपाठन गराउँदै आएका थिए । सी जिङपिङको बिचारधारामा आधारित परिमार्जित पाठ्यक्रमलाई सन् २०१८ को संविधानअनुसार जारी गरिएको हो ।



