कसरी याद गर्ने गणितका सूत्र ?


काठमाडौं/१० भदौ-धेरै विद्यार्थीहरुलाई गणित विषय गाह्रो लाग्ने गर्छ । गणितको सूत्र याद गर्न विद्यार्थीहरुले विभिन्न तरिका अपनाउने गर्छन् तर पनि कति विद्यार्थीहरुले याद गर्न सक्दैनन् । गणितका हिसाबहरु हल गर्नका लागि सूत्र जान्नै पार्ने हुन्छ । त्यसो भए कसरी याद गर्ने त गणितका सूत्रहरु ? गणितका सूत्रहरु याद गर्ने केही उपायहरु यस्ता छन् :


१. सूत्रहरुलाई निरन्तर अभ्यास गर्ने
सूत्र याद गर्नका लागि हाम्रो बोक्ने बानी छ । घोकेको सूत्र लामो समय सम्म याद हुँदैन । त्यसैले कुनै सूत्र हामीलाई आउँदैनन् भने हामीले त्यहीं सूत्रको प्रयोग गरेर गर्ने हिसाब अभ्यास गर्ने । सूत्रलाई घोकेर याद गर्ने भन्दा पनि अभ्यास गर्ने बानी गर्नुपर्छ । निरन्तर रुपमा अभ्यास गर्दा हामीलाई त्यो सूत्र याद हुन्छ भने हिसाबहरु हल गर्न पनि सजिलो हुन्छ ।


२. पूर्ण तयारी गर्ने
गणितको बिषय पढाइ हुनु अघि त्यसको बारेमा पढेर जाने । यसरी शिक्षकले पढाउनु भन्दा अगाडि नै पाठमा भएका कुराहरु आफैले पढ्दा शिक्षकले पढाउँदा धेरै कुराहरु याद हुन्छ ।


३. तालिका बनाएर पढ्ने
एकै दिनमा सबै सूत्रहरु नपढ्ने । यसरी पढ्दा विद्यार्थीलाई सूत्र याद हँुदैन भने एउटाको सुत्र अर्कोमा प्रयोग गर्ने सम्भावना बढी हुन्छ । त्यसैले कुनै पनि सूत्र पढ्दा वा अभ्यास गर्दा एक चोटिमा एउटा मात्रै प्रश्नको अभ्यास गर्ने जसमा एउटै खालको सूत्रको प्रयोग होस् । यसरी पढ्दा सूत्र पनि याद रहन्छ र प्रश्न पनि हल गर्न सक्छन् ।


४. शिक्षकले पढाएको बेला ध्यान दिने
धेरै विद्यार्थीहरु कक्षा कोठामा शिक्षकले पढाइरहेको बेलामा ध्यान दिँदैनन् । जसले गर्दा काँहा कसरी कुन सूत्रको प्रयोग गर्ने भन्ने कुरा याद हुँदैनन् । त्यसैले कक्षाकोठामा शिक्षकले पढाएको समयमा विशेष ध्यान दिनुपर्छ । गणित विषयमा सूत्रहरु एकअर्कासँग अन्तरसम्बन्धित हुने भएकाले नबुझेको सोध्ने बानीको विकास गर्नुपर्छ ।

५. ग्रुपमा छलफल गर्ने
कुनै पनि प्रश्नको उत्तर आउदैन भने कक्षा सकिए पछि कक्षाकोठामा बसेर साथीहरुसंग छलफल गर्ने । कुनै पनि प्रश्न बुझेको छैन भने साथीहरुसंग सिक्ने । यसो गर्दा सूत्र याद गर्न सजिलो हुन्छ । आफूले बुझेको कुरा सिकाउने र आपूmले नबुझेको कुरा सोध्ने गर्नुपर्छ । नबुझेको कुरालाई जति हामीले बेवास्ता गछौ त्यति नै गणितका सूत्र याद गर्न गाह्रो हुन्छ ।