विश्वभर माग रहेको विषय बीसीए

ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (द्यऋब्)मा कम्प्युटरको एप्लिकेसन डिजाइन गर्न सिकाइन्छ । कम्प्युटर (हार्डवेयर) भएर मात्र हुँदैन, कम्प्युटरलाई सरल र सहज रूपमा चलाउन एप्लिकेसन आवश्यक पर्छ । बीसीएले त्यो एप्लिकेसन बनाउन आवश्यक पर्ने जनशक्ति उत्पादन गर्छ । बीसीएअन्तर्गत ध्यचम उचयअभककष्लन कयातधबचभ, म्भकपतयउ क्यातधबचभ, क्ष्लतभचलभत द्यचयधकभचक, भ्mबष् िएचयनचबmक आदिको एप्लिकेसन बनाउन सिकाइन्छ । त्रिविले २०७४÷०७५ देखि मानविकी तथा सामाजिक विज्ञान संकाय अन्तर्गत यो कार्यक्रम सञ्चालन सुरु गरेको हो ।
४ वर्षे यो कोर्ष ८ सेमेस्टरमा अध्यापन हुन्छ । त्रिविले सुरुमा यो कार्यक्रम सञ्चालन गर्ने अनुमति ६ वटा आंगिक क्याम्पसलाई दिएको थियो । प्रत्येक आंगिक क्याम्पसमा जम्मा ३५ सीट छ । हाल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका ८७ वटा कलेजहरुमा यो विषय अध्यापन हुँदै आइरहेको छ । बीसीए आईटीसम्बन्धी कोर्स भए पनि त्रिभुवन विश्वविद्यालयले यसलाई मानविकी संकायमा समावेश गरेको छ । अन्य विश्वविद्यालयले साइन्स एन्ड टेक्नोलोजी संकायमा समावेश गरेका छन् । त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न क्याम्पसले बीसीए कोर्स सञ्चालन गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयमा सन् १९८९ तिर सुरु भएको बीसीए कार्यक्रम त्रिभुवन विश्वविद्यालयले अघिल्लो वर्षबाट सुरु गरेको कोर्ष हो । भारतमा लगभग झण्डै १५÷२० वर्ष अघि सुरु भएको यो विषय रोजगारका हिसाबले हेर्ने हो भने राम्रो विषयका रुपमा लिइन्छ । कम्प्युटरसँग सम्बन्धी विषय भएको हुँदा बीसीए अध्ययन गरेको विद्यार्थीहरुको माग बढ्दो रहेको छ ।

“बीसीए सफ्टवेयरसँग सम्बन्धित विषय हो, र नेपालमा सफ्टवेयरको बजार निकै ठूलो भएकाले यो अहिलेको समयमा अत्यावश्यक विषय हो । विद्यार्थीहरुले मैले किन बीसीए विषय पढ्ने, यसको स्कोप के छ भन्ने कुरा बुझेर मात्र पढ्दा राम्रो हुन्छ ।
अहिलेको समयमा आईटी सम्बन्धी सीप नभई कुनैपनि क्षेत्रमा जागिर पाउन गाह्रो छ ।
बीसीए यस्तो विषय हो जहाँ आईटी र व्यवस्थापन दुवै विषयलाई समेटिएको हुन्छ । यो विषय अध्ययन गरेका विद्यार्थीहरुसँग शैक्षिक योग्यताका साथै सीप पनि हुन्छ । जसले गर्दा रोजगारी पाउन सजिलो हुन सक्छ ।

कस्तो छ कोर्ष ?

सीएसआईटी र बीसीए विषयको कोष लगभग उस्तै–उस्तै हुन् । कम्प्युटर एपलिकेशनका कोर विषय, इलेक्टिभ कोर्ष, म्याथम्याटिक्स र तथ्यांकका कोर्ष, भाषाका कोर्ष, सोसल साइनस एण्ड म्यानेजमेन्टका कोर्षका साथै प्रोजेक्ट र इन्टर्नसिपलाई पनि कोर्षमा समेटिएको छ । बीसीए कोर्षमा १२६ क्रेडिट आवरको छ ।“बीसीएमा ९० क्रेडिट आवरको कम्प्युटर सम्बन्धी विषय अध्ययन गर्नुपर्छ । बीसीएमा क्रेडिट आवर, लेक्चर आवर, ट्यूटोरिकल आवर र ल्याव आवर भनेर छुटाइएको हुन्छ । यस कोर्षमा ३० क्रेडिट आवरको इन्टर्नसिप र प्रोजेक्ट गर्नु पर्ने हुन्छ । ४, ६ र ८ सेमेष्टरमा प्रोजेक्ट गराइन्छ भने ७ औं सेमेष्टरमा विद्यार्थीहरुले इन्टर्नसीप गर्नुपर्ने हुन्छ । ब्याचलरमा यो विषय अध्ययन गरेका विद्यार्थीहरुले मास्टरमा म्यानेजमेन्ट र आईटी सम्बन्धि जुनसुकै विषय अध्ययन गर्छु भन्दा पनि पाउँछ । जस्तै ः एमसीए, एमआईटी र एमबीए लगायतका अन्य विषयहरु ।

ककसले पढ्न पाउँछन ?

यो विषय अध्ययन गरेका विद्यार्थीहरु कम्प्युटरसँग सम्बन्धित समस्याहरु समाधान गर्न सक्षम हुन्छ । यो विषय जुनसुकै संकायका विद्यार्थीहरुले पनि अध्ययन गर्न पाउँछन् भने यो विषय अध्ययन गर्नका लागि विद्यार्थीहरुले कक्षा ११ र १२ मा सबै विषयमा ‘डी’ प्लसभन्दा माथिको ग्रेड ल्याउनुपर्छ । यसैगरी जीपीए २ आएका विद्यार्थीहरुले मात्र यो विषय अध्ययन गर्न पाउँछन् । यो विषय अध्ययन गर्नका लागि त्रिभुवन विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गरेपछि मात्र सम्बन्धित कलेजहरुमा भर्ना हुन पाइन्छ ।

यो विषय अध्ययन गन कति लाग्छ खर्च ?


नेपालमा यो विषय अध्ययन गर्नका लागि कलेज अनुसार फरकफरक शुल्क लाग्ने गर्दछ । आंगिक तथा निजी कलेजहरुमा फरक–फरक शुल्क निर्धारण गरिएको छ । सरकारी क्याम्पसमा बीसीए विषय अध्ययन गर्नका लागि ३ लाख ५० हजार रुपैयाँ लाग्छ भने निजी कलेजहरुमा कलेजले प्रदान गर्ने सेवा सुविधाका आधारमा सामान्यता ३ लाख ५० हजार देखि ८ लाख सम्ममा पढाई भईरहेको छ ।

छात्रवृत्तिको व्यवस्था


विश्वविद्यालयले छात्रवृत्तिको व्यवस्था गरेको छ । तर, यति विद्यार्थीलाई नै निःशुल्क पढाउनुपर्ने भन्ने व्यवस्था नभएकाले क्याम्पसले आफ्नो क्षमताअनुसार छात्रवृत्ति दिने गरेका छन् । ३५ जनाको मात्र कोटा भएकाले क्याम्पसले विद्यार्थीको आर्थिक अवस्था हेरेर छात्रवृत्ति दिने गरेका छन् । अन्य संघसंस्थाले पनि छात्रवृत्ति दिँदै आएका छन् ।
इन्टर्न्सिप
यो आईटीसम्बन्धी कोर्स भएकाले कम्तीमा तीन महिना कुनै पनि आईटी कम्पनीमा इन्टर्न्सिप गर्नुपर्ने हुन्छ । त्यसपछि प्रोजेक्ट वर्क अनिवार्य बनाउनुपर्छ । एप्लिकेसन कसरी निर्माण गर्ने भन्ने बारेमा इन्टर्न्सिप गर्दा सिक्न सकिन्छ । कम्पनीले इन्टर्न्सिपमा राम्रो गर्ने विद्यार्थीलाई रोजगार दिन सक्छ ।

कुन कुन क्षेत्रमा जान सकिन्छ ?


कम्प्युटर अहिले मानव जीवनका लागि अपरिहार्य वस्तु बनिसकेको छ । अहिले अधिकांश मानिसहरुले कम्प्युटरको सहयताद्वारा आफ्ना कामहरु सम्पन्न गर्छन् । जसरी अहिले बजारमा कम्प्युटरको माग बढ्दै गईरहेको छ त्यसैगरी कम्प्युटर अपेटरको माग पनि बढ्दै गएको छ । अहिलेको बजारमा सफ्टवेयर डेभलपर र व्यवसायिक आईटी ज्ञान भएको व्यक्ति जसले विभिन्न एप्लिकेशन तथा कम्प्युटर गेमहरु बनाउँछ उसको माग बढ्दो छ ।

आम्दानीको हिसाबले हेर्ने हो पनि एकदमै राम्रो क्षेत्र बनिसकेको छ । यसैगरी यो विषय अध्ययन गरेका विद्यार्थीहरु कम्प्युटर एण्ड इन्फरमेशन सिस्टम म्यानेजर, कम्प्युटर सपोर्ट स्पेसलिष्ट, कम्प्युटर सिस्टम एनलाइटिस, आईटी अफिसर, नेटवर्क एण्ड कम्प्युटर सिस्टम एडमिनिष्टे«र लगायतका क्षेत्रहरुमा जान सक्छ । यसैगरी सरकारी क्षेत्र, निर्माण उद्योगका क्षेत्र, बैंक, कर्पोरेट हाउस जस्ता क्षेत्रमा जान सकिन्छ । बीसीए अध्ययन गरेका विद्यार्थीहरुलाई नेपालमै काम गर्नका लागि पनि राम्रा अवसरहरु रहेको छ । बीसीए अध्ययन गरेका विद्यार्थीहरुको माग स्वदेश तथा विदेशमा बढ्दो छ । नेपालमा सरकारी र गैरसरकारी क्षेत्रहरुमा बीसीए अध्ययन गरेका विद्यार्थीहरुले राम्रो अवसर प्राप्त गर्न सक्छन् । यसैगरी बीसीए अध्ययन गरेका विद्यार्थी विदेशमा गएर काम गर्छु भन्दा पनि राम्रो अवसर छ ।

के फरक छ सीएसआईटी र बीसीएमा ?


दुबै आईटी सम्बन्धि विषय हो भने पाठ्यक्रम लगभग उस्तै उस्तै छ । सीएसआईटी विषय विज्ञान संकायका विद्यार्थीहरुले मात्र पढ्न पाउँछन् भने बीसीए विज्ञान, व्यवस्थापन र मानविकी संकायका विद्यार्थीहरुले पनि पढ्न पाउँछन् । सीएसआईटी अनुशान्धानमा आधारित भएर अध्ययन अध्यापन हुने विषय हो । तर नेपालमा हार्डवेयर कम्पनीहरु छैनन् । जसले गर्दा सीएसआईटी अध्ययन गरेका विद्यार्थीहरुले आफूले अध्ययन गरे अनुसारको क्षेत्रमा काम पाउँदैनन् र सफ्टवेयर कम्पनीहरुमा काम गर्नुपर्छ ।

४ वर्षे कोर्ष अध्ययन गरेपछि पनि सफ्टवेयर कम्पनीमा काम गर्न तालिम लिनुपर्छ । जसले गर्दा दोहोरो खर्च लाग्छ । एकातिर अध्ययन गर्नका लागि खर्चिलो विषय फेरि अध्ययन पश्चात तालिमका लागि पनि खर्च गर्नुपर्ने तर पनि आफूले अध्ययन गरे जस्तो क्षेत्रमा जान नपाइने अवस्था त । वैज्ञानिक बन्छु भन्ने विद्यार्थीका लागि मात्र यो विषय राम्रो विषय हो । यसैगरी विदेशमा गएर काम गर्छु भन्ने विद्यार्थीले पनि यो विषय अध्ययन गर्दा राम्रो हुन्छ । समग्रमा यी दुबै विषय नयाँ–नयाँ कुराहरुको खोज, अनुशन्धान गर्न सक्षम गराउने खालका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *