– डा. बद्री पोख्रेल
अध्यक्ष, जयतुु संस्कृतम्
समाजमा सदाचार, नियम, अनुुशासनको सधैं खाँचो हुुन्छ । शास्त्र पढेर सदाचारी भएन, नियममा वसेन, अनुुशासन पालना गरेर भने उसको उपयोगिता शूून्य वरावर हुुन्छ । शास्त्र पढेर, डिग्री लिएर पनि सदाचार अनुुशासन, नम्रता, शिष्टता भएन भने राम्रो भए पनि वास्ना नआँउने र देवतालाई चढाउँन नमिल्ने पलासको फूूल जस्तै हुुन्छ । वावुु आमालाई आदर नगर्ने, भनेको नमान्ने वानी बढ्दै कालान्तरमा वावुु आमालाई नै शत्रुु देख्ने, अपरिपक्व अवस्थामै विवाह गर्ने, परम्परालाई त्यागेर सामान्य मान्यता पनि नस्वीकार्ने, पति पत्नीका वीच पारपाचुुके गर्ने जस्ता सामाजिक विकृतिहरु संस्कृत पढ्ने पढाउँने परम्परामा ह्रास आएकाले नै बढिरहेका छन् । विद्यालय स्तरका बालबालिकाहरु अवोध हुुन्छन् । तिनीहरु काँचो माटो सरह हुृुन्छन् । तिनलाई जे सिकायो त्यै सिक्छन्, त्यै गर्छन् । ठूूलो भन्दा पनि असल मान्छे बन्नुुपर्छ, वनाउनुु पर्छ भन्ने वुुझेर बालबालिकालाई शुुूरुमै थोरै मात्र भए पनि संस्कृत भित्रको सद्भाव, नैतिकता, पारस्परिकताको ज्ञान दिन सकेमा अहिले समाजमा देखिदै गरेका विकृतिहरु न्यूून गर्न सकिन्छ ।
संस्कृतमा के छ ?
संस्कृत वैदिक वाङ्मयबाट निसृत भएकाले यस भित्र ज्ञान, विज्ञान वाहेक आचार, धर्म, नैतिकता जति विषयहरु पनि पर्याप्त छन् । के गर्नुुहुुन्छ, के गर्नुुहुुँदैन, परिवार समाज राष्ट्रको लागि सस्तो ज्ञान र शिक्षाको आवश्यकता हुुन्छ । परिवारको सुुखले गर्दा हुुन्छ, जीवन कसरी वनेको छ र जीवनको अस्तित्व कहाँ प्रमाणित हुुन्छ जस्ता कुुराहरु संस्कृतमा रहेका छन् । संस्कृतले समानता सद्भाव, प्रेम, मित्रता , सहकार्य सिकाउँछ । संगै हिडौं, संगै काम गरौंका समाजवादी चिन्तनहरु फैलाउँछ । यसैले संस्कृत पढ्नुु ÷पढाउँनुु बुुद्धिमानी हुुने छ ।
हिजोआज मानवीयता, भाइचारा, पारस्परिक सद्भाव, सहयोग, विश्वबन्धुत्व जस्ता विषय इतिहासका पुस्तकमा सीमित हुुदै गएका पाइन्छन् भने घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियारको दवदवा व्यापक हुुँदै गएको छ । यसमा सुधार ल्याई आपसी भलाइका लागि मित्रता र पारस्परिक सहयोगको बाटो पहिल्याउन अत्यन्त जरुरी भैसकेको छ । यसको निमित्त कुन् उपाय वा सूत्र उपयोगी हुन सक्छ खोजी गर्नुपर्ने चासो पनि बढेको छ ।
हामीले सुुन्दै आएका कुुराहरुलाई विभिन्न अध्ययनहरुले पनि सिद्ध गरिसकेका छन् । खानपानले आचरणलाई असर गर्छ, आचरणले अध्ययनमा असर पार्छ । अध्ययनले चिन्तनलाई र चिन्तनले कर्तव्यलाई प्रभाव पार्दछ । कर्तव्यले सुकीर्ति र दुस्कीर्ति पैmलाउँछ । सुकीर्ति र दुस्कीर्तिले तत्काल मरेतूल्य बनाउँछ । यो नै शाश्वत सत्यको विषय हो, प्राकृतिक नियम पनि यही हो । वेद, पुुराण, नीतिले भन्दै आएका तथ्य पनि यसैभित्र समेटिएका छन् ।
आजकल मानिस आफ्नो स्वाभाविक गुण भन्दा पृृथक हुुन लागेको आभास हुुन्छ । यद्यपि मानिसको स्वभाविक गुण सहअस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्व शान्ति, पारस्परिक सहयोग, सद्भावना, धार्मिक सहिष्णुता जस्ता विषयको प्राप्ति र आर्जनसँग सम्बन्धित छ । त्यो भावना नै सुुखद र सफल जीवनको आधार पनि हो । तर ती विषयहरु कहाँ छन्, कुुन शास्त्र वा दर्शन वा वादमा छन् । संसारभर चिन्ताको विषय वनेको पाइन्छ । यसवारे एकातिर सम्भव भए सम्मका र उपलब्ध भए सम्मका श्रोतहरुको खोजि र अध्ययन भइरहेको छ भने अर्कातिर समाजमा झगडा, युुद्ध, चोरी डकैती, तिरस्कार लाञ्छना, स्वाथर््ा व्यापक वन्दै पनि आइरहेको छ ।
जुुनसुुकै धर्म सम्प्रदाय मान्नेहरुका लागि पनि धार्मिक ग्रन्थहरु नै नीति, कानून, समाज व्यवस्था र सामाजिक सद्भाव जगाउने श्रोत हुुन् । राज्यको नीति नियम, संविधानहरु पनि धार्मिक ग्रन्थहरुकै आधारमा विकसित हुुदै आएको हो । परोपकार, प्रेम, मित्रता, पारस्परिक सहयोग, विश्वबन्धुत्वको जगेर्ना गर्ने श्रोत र आधार पनि तिनै हुन् । त्यति हुुदाहुदै पनि सवै धार्मिक ग्रन्थहरु सर्व–स्वीकार्य छैनन् । समूूह विशेष वा जाति विशेषलाई लिएर लेखिएका देखिन्छन् । त्यस्ता धार्मिक लिखतहरु नयाँ पनि लेखिदैछन् र वजारमा (समाजमा) आइरहेका पनि छन् । यस अवस्थामा अहिलेसम्म उपलब्ध भएका अपेक्षाकृत निर्विवादी श्रोतहरुलाई आधार वनाउनुपर्ने हुुन्छ । त्यस्ता श्रोतहरुमा वेद नै मानिन्छ र विश्व भरमा वेदको विरुद्धमा कुुनै ग्रन्थ लेखिएको यो पंतिmकारलाई जानकारी छैन । वेद धार्मिक ग्रन्थको रुपमा नलिएर नीति, कर्तव्या, राज्य व्यवस्था, समाज व्यवस्था र मानवीयताका सम्बन्धमा लेखिएको प्राचीनतम ग्रन्थ हो । यसमा पृथ्वीको, अन्तरिक्षको, वनस्पतिको, सूूर्यको महत्व दर्शाइ महत्वपूूर्ण मानिए पछि पूूजा गर्नुु पर्छ भन्ने मान्यता वस्दै आएकाले वेदलाई पनि यदाकदा धार्मिक ग्रन्थको रुपमा परिभासित गर्न थालिएको हुुनसक्छ । वेदको मूूल रुप संस्कृत हो भन्नेवारेमा कुनै वादविवाद पाइदैन । निर्विवाद छ । वेदमा नै विज्ञान, आयुुर्वेद, तन्त्र, ज्योतिष, वातावरण आदिको वृहत चर्चा परिचर्चा पनि गरिएको छ । अहिले जर्मनी, वेलायत, फ्रान्स, अमेरिकामा भएका खोज र अनुुसन्धानहरुले पनि वेदको महत्व अतुुलनीय भएको र यसको भाषा अत्यन्त वैज्ञानिक भएको कुुरालाई स्वीकारिसकिएको छ । वेदकै विषयलाई टीका, व्याख्या र विश्लेषण गर्ने क्रममा उपनिषद, पुुराण र आख्यानहरु वनेका हुुन् । संस्कृत जत्तिकै वैज्ञानिक भाषा अहिले सम्म प्रचलनमा आएका भाषाहरुमा अरु भेटिन्नन् । नासाले नै यसलाई पुुष्टि गरेको छ । ल्याटिन भाषा पुुरानो मानिए पनि ग्रन्थ लेखनको दृष्टिले संस्कृत भन्दा पछिकै मानिएको छ ।
संस्कृत वाङ्मयमा यस्ता महत्वपूर्ण विषयको श्रोत र उपलब्धता भेटिने भएकाले संस्कृतलाई देवभाषा वा प्राचीनतम भाषाको रुपमा लिइदै आएको हो । हरेक व्यक्ति, संस्था र राष्ट्रले आ–आफ्नो अस्तित्वको रक्षा गर्न पाउँनु र सक्नुपर्दछ । एक अर्कामाथि थिचोमिचो हुनुहुँदैन । स्वतन्त्रता र समानताका आधारमा आ–आफ्नो अस्तित्वको उपयोग गर्न पाउनु पर्छ । यो भावनाको वीजारोपण गर्नेदेखि पल्लवित र स्थापित गराउने विद्या वा वाङ्मय भनेको संस्कृत नै हो । सबै मानिस सुखी होउन, निरोगी बनुन्, सबैको उन्नति होस् (सर्वे भवन्तुु सुुखिनः) भन्ने विश्व जनीन चिन्तन बोक्ने आदर्श संस्कृत वाङ्मय मै पाईन्छ । संस्कृत वाङ्मयले नै आकाश, पृथ्वी, पशु, चरा, सर्प, पानी सबैलाई ईश्वर मानेको छ । यिनीहरुको अस्तित्वमा नै संसार खडा भएको छ । हामी यसैभित्र छौं । ‘यत्र विश्वं भवत्येक नीडम्’ लाई लोक व्यवहारमा ल्याउने शास्त्रसमेत संस्कृत वाङ्मय नै हो । यसमा संसारका कुनै पनि विद्वान्हरुले विरोध जनाएका छैनन्, अपितुु सहमति गरेका छन् र विश्वको प्राचीनतम कल्याणकारी ग्रन्थ वेदलाई नै मानेका छन् । आजकल धेरै भाषामा वेदको अनुवाद भैसकेको र भइरहेको पनि छ ।
संस्कृतमा भएको यसकिसिमको सबैलाई उपयोगी हुुने विषयको पठनपाठन अपरिहार्य भएको अनुुभव हुुनथालेको छ । काठमाडौंका मात्र पनि ४० भन्दा बढी निजी विद्यालयहरुले संस्कृतको महत्व बुुझेर नै विद्यालयहरुमा संस्कृत पढाउन थालिसकेका छन् । गुुरुकुुल विद्यालयहरुले पनि अंग्रेजी, भूूगोल, गणित, विज्ञान जस्ता आधुुनिक विषयहरु पढाउन थालेका छन् । विद्यार्थीहरुलाई बहुुपक्षीय सामान्य विषयको ज्ञान (वेसिक नलेज) दिने सन्दर्भमा यो अभ्यासलाई अनुुकरणीय मान्नुुपर्दछ । त्यसपछि आफुुलाई कुुन विषय उपयुुक्त हुुन्छ भन्ने निर्णय गर्न विद्यार्थीहरुलाई सहयोग पनि पुुग्दछ । सरकार र नीतिनिर्माताहरुको ध्यान यसतर्फ जानुुपर्ने देखिन्छ ।