स्नातकोत्तर तह दोस्रो वर्ष आशिंक परीक्षाको आवेदन खुला

काठमाण्डौं/१२ वैशाख– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालको स्नातकोत्तर दोस्रो वर्षको वार्षिक परीक्षा अन्तर्गत सञ्चालन हुने मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायको परीक्षाको आवेदन खुला गरेको छ ।


साथै, आशिंक परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पसमा र प्राईभेट तर्फका आशिंक परीक्षार्थीहरुले मिति २०७८ साल जेठ ९ गते सम्म नियमित शुल्कमा र साधारण म्याद सकिएको एक हफ्ता भित्र दोब्बर दस्तुर परीक्षा आवेदन फाराम भरी बुझाईसक्नुपर्नेछ ।