रुपन्देही /११ वैशाख – रुपन्देहीको प्यारामाउन्ट बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छात्राको उपचारका क्रममा मृत्यु भएको छ । विद्यालयको छात्रावासमा बस्दै आएकी १५ वर्षीया प्रतिमा सापकोटाको मृत्यु भएको हो ।
ज्वरो र पेट दुख्ने समस्या भएपछि उपचारका लागि शनिबार परिवारका सदस्यले मणिग्रामको क्रिमसन अस्पतालमा उपचारका लागि लगेका थिए । तर अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भयो ।
छात्राको मृत्युपछि विद्यालयले होस्टेलमा रहेका विद्यार्थीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गराएको छ । छात्रावासमा प्रतिमासँगै ५० जनाभन्दा बढी विद्यार्थी थिए ।



