स्नातक तहमा विद्यार्थीलाई निःशुल्क पढाई

मोरङ/८ वैशाख– मोरङको एक क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्ना हुने सम्पूर्ण विद्यार्थीको निःशुल्क पढाई हुने भएको छ ।


बेलबारी बहुमुखी क्यापसमा २०७७/०७८ प्रथम वर्षमा भर्ना हुने सबै संकायका विद्यार्थीको भर्ना शुल्क नलाग्ने भएको हो ।

विद्यार्थीको भर्ना शुल्क नगरपालिकाले तिरिदिने नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले जानकारी दिए ।


उनका अनुसार बीएड, बीबीएस तथा बीए संकायमा भर्ना हुने आउने विद्यार्थीको खर्च नगरपालिकाले तिरिदिने भएको हो ।


आर्थिक अभावका कारण कसैले पनि उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्य लिएर विद्यार्थीलाई सहयोग गरेको नगरप्रमुख सुवेदीले बताए ।