सीसीएमसीको सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं/ ६ बैशाख – आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसी को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा अनलाइन कक्षा सञ्चालन गनुपर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । विद्यालयहरुमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको थियो ।