काठमाडौं/२ पुस– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रोकिएको करारमा शिक्षक नियुक्ति र जिल्लान्तर सरुवा फुकुवा गरेको छ ।
केन्द्रले सूचना जारी गर्दै रोकिएको करारमा शिक्षक नियुक्ति र जिल्लान्तर सरुवा फुकुवा गरेको बताएको छ । सरकारले दरबन्दी पुनर्वितरण तथा मिलान प्रक्रिया शुरु गरेकाले यस अघि लगाइएको रोक फुकुवा गरिएको केन्द्रले जनाएको छ ।
केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मंसिर २५ गतेको निर्णय अनुसार सार्वजनिक भइसकेको उक्त विवरण अनुसार पुलमा दरबन्दी नभएका तहका रिक्त शिक्षक दरबन्दीमा जिल्लाभित्रबाट सरुवा तथा करारमा शिक्षक नियुक्ति गरी पदपूर्ति गर्न फुकुवा गरेको हो ।
केन्द्रले कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो ।




