पोखरा विश्वविद्यालयको एमबीए २ वर्ष र साढे २ वर्षको र्कोष


काठमाडौं/१ पौष –पोखरा विश्वविद्यालय अन्तर्गत एमबीएलाई दुई किसिमले विभाजन गरिएको छ । पहिलो पूर्ण समय दिएर पढ्ने र दोस्रो जागिर गर्दै अध्ययन गर्ने । यी दुबैको पाठ्यक्रम भने एकै हुन्छ तर पढ्ने समय मात्र फरक फरक हुन्छ । पूर्ण रुपले समय दिएर एमबीए पढाइलाई केन्द्रित गरेर पढ्ने विद्यार्थीका लागि २ वर्षको र्कोष हुन्छ भने जागिर गर्दै पढने विद्यार्थीका लागि साढे २ वर्षको र्कोष हुन्छ । पोखरा विश्वविद्यालय अन्तर्गत एमबीएमा तीन चोटि परीक्षा लिइन्छ । पोखरा विश्वविद्यालयको पाठ्यक्रम भने अन्तराष्ट्रिय मान्यता अनुसार निमार्ण गरिएको पोखरा विश्वविद्यालय ब्यवस्थापक संकायका डीन हरि बहादुर खड्काले बताए ।


पोखरा विश्वविद्यालयले देश तथा विदेशको आवश्यकतालाई ध्यानमा राखेर बेलाबेलामा पाठ्यक्रम परिर्माजन गर्दे आएको छ । मास्टर्स अफ विज्नेश एड्मिनिस्ट्रेसन (एमबीए) एक व्यवहारिक शिक्षामा आधारित भएर पढाई हुने भएको कारणले गर्दा विद्यार्थीहरु विभिन्न व्यवाहारिक शिक्षा प्राप्त गर्ने क्षेत्रमा सकृय हुन्छन् । याहि कुरलाई ध्यानमा राख्दै पोखरा विश्वविद्यालयले विद्यार्थीको लागि भनेर इन्टर्नका लागि र केस अध्ययनका लागि भनेर विभिन्न लेक्चररहरु बोलाएर सेमिनारहरुको व्यवस्था गर्ने गरेको छ । नेपालमा अहिले फाइनेन्स तथा मार्केटिङको स्कोप बढि देखिन्छ त्यसले गर्दा एमबीए अध्ययन गर्ने विद्यार्थीका लागि यो एक सुवर्ण अवसर पनि हो । व्यवस्थापन संकाय अन्तर्गत पढाइ हुने यो विषय जुन सुकै पनि क्षेत्रमा आवश्यक पर्ने हुदा नेपालमा एमबीए गरेका विद्यार्थीको भविष्य राम्रो देखिन्छ ।


पोखरा विश्वविद्यालयमा एमबीए अन्तर्गत एमबीए इन फाइनास, एमबीए इन मार्केटिङ, एमबीए इन हयुमन रिर्सोसेस, एमबीए इन म्यानेजमेण्ट साईन्स एण्ड सिस्टम, एमबीए इन जेनेरल म्यानेजमेण्ट, एमबीए इन इलेक्टिभस पढाइ हुन्छ । पोखरा विश्वविद्यालयको एमबीएमा अध्ययन गर्न विद्यार्थीले कम्तिमा १५ वर्षको औपचारिक शिक्षा हासिल गरेको हुनुपर्छ । त्यसै गरि विश्वविद्यालयको central examination entrance test उत्तिर्ण गर्नु पर्ने हुन्छ । पोखरा विश्वविद्यनलयले वर्षमा दुई चोटि भर्ना लिन्छ । भर्ना हुनु अघि विद्यार्थीले Pokhara University Management Admission Test (Pumat) उत्तिर्ण गर्नु पर्ने हुन्छ ।