काठमाडौं / १० भदौ – पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (पूसोम)ले स्नातकोत्तर तहको एमबिएमा भर्ना खुलाएको छ ।
विश्वविद्यालयले छात्रवृत्ति र शुल्कमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुको लागि भर्ना खुलाएको हो । यसका लागि भदौ २२ गतेसम्ममा आवेदन दिनु पर्ने छ । विश्वविद्यालयले प्रवेश परीक्षाको मिति भने पछि तय गर्ने जनाएको छ ।



