काठमाडौं/१० भदौ – त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई आफू अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । चैतको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरु सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीको ईमेल आईडी तयार गर्दै अनलाइन विधिबाट पठनपाठन गरिएको भएपनि हालसम्म पनि कतिपय विद्यार्थीहरु आफू अध्ययनरत विभाग तथा क्याम्पसहरुको सम्पर्कमा नभएको हुँदा पठनपाठन तथा परीक्षा व्यवस्थापन गर्न समस्या भएकोले आफू अध्ययनरत विभाग वा क्याम्पसमा सम्पर्क गर्न अनुरोध गरेको हो । त्रिवि विद्यार्थीलाई आफू अध्ययनरत क्याम्पस तथा विभागमा तुरुन्तै सम्पर्क राखी पठनपाठनमा समेत सहभागी हुन आग्रह गरेको छ ।
विद्यार्थीलाई आफू अध्ययनरत क्याम्पसमा सम्पर्क गर्न त्रिविको आग्रह


