बन्द गरिएको एनओसी पुनः दिने सरकारको निर्णय


काठमाडौं/१० चैत – सरकारले विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई दिने अध्ययन स्वीकृत पत्र एनओसी पुन जारी गर्ने भएको छ । कोरोना भाइरसका कारण करिब पाँच महिनादेखि बन्द गरिएको एनओसी पुनः दिने सरकारले निर्णय गरेको हो ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकमा यस्तो निर्णय गरिएको हो ।एनओसी पुनः दिने निर्णय भएपनि निर्णय प्रमाणिकरण हुन भने बाँकी रहेको स्रोतले जनाएको छ।लामो समयदेखि एनओसी लेटर बन्द हुँदा विदेश अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थी, अफर लेटर प्राप्त गरेका विद्यार्थी, भिसा लागेका विद्यार्थीहरुको भविष्य अन्योलमा पर्नुका साथ साथै कन्सल्टेन्सी व्यवसाय समेत प्रभावित भएको छ ।