काठमाडौं/२८ साउन – पोखरा विश्वविद्यालय पूर्व रजिस्टार प्रा.डा.ओमप्रकाश शर्माले उच्चशिक्षा सुधारका लागि नीतिगत सुधारको खाँचो रहेको बताउका छन् । हामीले गुणस्तरीय शिक्षा खोजेका हौँ, कि मास एजुकेसन खोजेका हौं भन्ने कुरामा पनि स्पष्ट हुन जरुरी रहेको बताउँदै सो कुरा बताउका हुन् ।
खबर एजुकेशनको आयोजना तथा लिबर्टी कलेजको सहयोमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै देशका लागि यतिबेला आर्थिक सशक्तीकरण खोजेका हौँ भने सबैलाई व्यवसायीक हुन सिकाउने शिक्षा दिनुपर्ने बताए ।
समानुपातिक समावेशीका नाममा भइरहेको आरक्षणले पनि राम्रो पढ्नेहरूले विदेश रोज्न बाध्य हुनुपरेको उनको भनाई छ । उनले भने “मेरो ४६ वर्ष पढाएको अनुभवमा नेपालको उच्च शिक्षाले कस्तो जनशक्ति तयार गर्ने भन्ने निक्र्योल निकाल्दैन । परम्परागत ढङ्गमा पढ्नुपर्छ, पढाउनुपर्छ भन्ने किसिमको वातावरण छ । मैले हेरेको थेसिसमा यो, यो कमजोरी भयो, थप्नुभन्दा विद्यार्थीले अर्को परीक्षकलाई केही पनि नथपी जस्ताको तस्तै पठाएर भाइवा राखी राम्रो भनेर गोल्ड मेडल नै दिएको उदाहरण पनि छ ।”
यसैगरी विश्वविद्यालयहरूले विभिन्न विषयमा विद्यार्थी भर्ना गर्दा त्यहाँको भौतिक संरचना, प्राध्यापक व्यवस्थापन अनुसार यत्ति,यत्ति सङ्ख्या मात्र भर्ना गर्न पाइन्छ भन्ने नीति ल्याउनु पर्ने उनको सुझाब छ । कतै विद्यार्थी धेरै, कतै प्राध्यापक धेरै भएर अस्तव्यस्त भएको स्थिति रहेको बताउँदै नेपालमा पिएचडीलाई बढि महत्व दिँदा वाध्यताले पढ्नेहरूले नेपालमा पिएचडी गर्ने अवसर हुदाहुँदै भारतका नाम नै नसुनिएका विश्वविद्यालयको सर्टिफिकेट ल्याउने गरेको र त्यसलाई पनि मान्यता दिईरहेकोले यसलाई रोक्नुपर्ने बताए । यसैगरी पिएचडीका लागि पढ्न थालेपछि कति वर्षमा पिएचडी गरिसक्नुपर्छ भनेर पनि तोक्नुपर्ने बताए ।



