काठमाडौँ /१३ साउन – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले सञ्चालन गरेको तीन क्रेडिट बराबरको क्रडिट सञ्चय ढाँचा अन्तर्गत रहेको तालिममा सहभागी शिक्षकहरूलाई प्रमाण पत्र प्रदान गरेको छ । विद्यार्थीलाई समग्रतामा आधारित शिक्षा प्रदान गरी इनोभेसनका दृष्टिकोण र बहुलतामा आधारित शिक्षण गर्ने उदेश्य सहित गोदावरी रेसिडेन्सि एल विद्यालय र स्कुल अफ एजुकेशनको सहकार्यमा सञ्चालन गरिएको तालिमका सहभागी शिक्षकलाई प्रमाण पत्र प्रदान गरिएको हो ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एडुकेशन अन्तर्गत रहेको निरन्तर व्यावसायिक शिक्षा केन्द्रको नेतृत्वमा तालिम सञ्चालन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.हेमराज काफ्ले शिक्षण विधिमा नवीनतम प्रविधिहरूको उपयोग र गुणस्तरीय शिक्षाको आवश्यकता बारे प्रकाश पारेका थिए । विद्यालयका प्राचार्य कुलदीप न्यौपानेले यो शिक्षक पेसागत तालिम कार्यक्रमले शक्ति एकबाट अनेक बन्न पुगेकोमा आफू गौरवान्वित बनेको बताए ।
साथै तालिममा सहभागी शिक्षकहरूले आफ्नो भविष्य सुनौलो र सुनिश्चित बनाउन कक्षामा उपस्थित विभिन्न भौगोलिक, आर्थिक तथा सांस्कृतिक विविधता भएका र विद्यालयमा विभिन्न सिकाइ तथा बहु–बुद्धिमता बोकेका तथा फरक सिकाइ क्षमताको सामना गरिरहेका बालबालिकालाई शिक्षाको मूलधारमा समावेश गर्ने बेला आएको बताउँदै यसका लागि हातमा हतियार आएको प्रतिक्रिया दिएका थिए । उनिहरूले प्राप्त ज्ञान तथा सिपलाई आफ्नो शैक्षणिक गतिविधिमा प्रभावकारी ढंगबाट प्रत्यायोजन गर्दै जाने प्रतिबद्धता जनाए ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले गोदावरी रेसिडेन्सि एल विद्यालयका ३० जना शिक्षक जसले पाठ्यक्रममा निरन्तर सिकाइ गर्नुहुनेलाई शिक्षक पेसागत तालिम प्रमाणपत्र हस्तान्तरण गरेको थियो ।



