काठमाडौँ /१८ जेठ – शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले आर्थिक वर्ष २०८२/०८३ को शिक्षामा बजेट सरकारले पुरानै कार्यक्रमहरूको निरन्तरता दिएको बताएका छन् । पुरानै कार्यक्रमलाई निरन्तरता दिन सरकारले धेरै दुःख गरेको बताउँदै हिजोका कार्यक्रम यी यी थिए, त्यसलाई निरन्तरता दिइएको मात्रै भनेको भए पनि पुग्ने बताएका हुन् ।
उनले भने ‘सकारले यति दुःख किन गरेको होला ? हिजोका कार्यक्रम यी यी थिए, त्यसलाई निरन्तरता दिएको छ, भनेको भए हुन्थ्यो । साथै यती नयाँ गरे, यती पुरानो गरे भन्दिएको भए पनि हुने । शिक्षाको गुणस्तर सुधार्न संविधानको धारा ५१ को (ज)को क अनुसार व्यावहारिक, वैज्ञानिक, उत्पादनमुखी, नैतिक हुनुपर्छ, त्यसमा शिक्षक र प्रधानाध्यापकले बनाउनुपर्ने भन्दिएको भए पुग्ने थियो ।’
शिक्षाविद् कोइरालाले नेताहरूले कुरा गर्ने एउटा, काम गर्ने अर्को भन्दै शिक्षक बैँक गफाडीको नाम मात्रै राखिएको बताए । उनले बरु त्यसको ठाउँमा पञ्चायतकालमा राष्ट्रिय विकास सेवा रहेको र दुर्गम जिल्लाहरू मनाङ, मुस्ताङमा विद्यालयलाई केन्द्र मानेर १० महिना बस्नै पर्ने व्यवस्था गरिएको उल्लेख गर्दै राष्ट्रिय विकास सेवाको पुनरुत्थान गरेको भएपनि इतिहासको सम्मान पनि हुने सिक्न पनि पाईने बताए ।
यसैगरी बजेटमा विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्नका लागि भिसामा सहजिकरण गर्ने विषय सकारात्मक भएको उनको भनाई छ । यसले देशबाट विदेश अध्ययनमा जानेका लागि दबाब हुने र विदेशी आएर पढेको खण्डमा उनीहरूलाई उपयोग गर्न सके विकासको बाटो खुल्ने धारणा व्यक्त गरे ।



