काठमाडौं/१४ जेठ – तत्तकालका लागि अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया रोकेको छ । ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको हो ।
विदेशी विद्यार्थीको सामाजिक संजाल जाँच अनिवार्य बनाउने तयारीका लागि अस्थायी रुपमा यस्तो निर्णय गरिएको जनाइएको छ । भविष्यमा सामाजिक सञ्जाल जाँचले के खोज्ने हो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख नगरिएको समेत भनिएको छ ।



