प्रज्ञा कुञ्जमा एसआरसी निर्वाचन : विद्यार्थीले लोकतान्त्रिक अभ्यासमा नेतृत्व चयन गरे

काठमाडौं/३ जेठ – काठमाडौँ प्रज्ञा कुञ्ज स्कुलमा एसआरसी (विद्यार्थी प्रतिनिधि परिषद्) को निर्वाचन सम्पन्न भएको छ । विद्यालय परिसरमा विद्यार्थीहरूले लोकतान्त्रिक अभ्यासमा सहभागी हुँदै नेतृत्व चयनका लागि मतदान गरेका थिए ।


म स्वयँ विद्यालयको पूर्व प्रमुख विद्यार्थी र पूर्व उम्मेदवारको हैसियतले यो अवसरलाई निकै सम्मानजनक मान्दछु । ‘प्रशासनसँग मिलेर निर्वाचन प्रक्रिया सञ्चालन गर्नु मेरो लागि गौरवको क्षण थियो । विगतका निर्वाचन अनुभवले मलाई सिकाएको छ – आत्मविश्वास नै सफलता प्राप्त गर्ने मूल मंत्र हो’ विद्यालयका एक विद्यार्थीले भने ।


निर्वाचन प्रक्रियामा ६ सय १६ विद्यार्थीहरूले सहभागीता जनाउँदै मतदान गरेका थिए, जसमा ४६ मत अमान्य घोषित भए । मतदानको क्रममा वातावरण निकै तनावपूर्ण रहेको, प्रत्याशीहरूमा जित्ने अपेक्षा र आम विद्यार्थीहरूमा चासोको स्तर उच्च रहेको विद्यालयको भनाई छ ।


मतगणना सुरु भएपछि हरेक मतपत्र गन्ने क्रममा नयाँ चासो र दबाब विद्यार्थीले महसुस गरेका थिए । उम्मेदवारहरूसँगको कुराकानीमा उनीहरू सबै एसआरसीमा आफ्नो स्थान सुरक्षित गर्ने आशामा थिए । करिब एक घण्टा लामो मतगणनापछि नतिजा सार्वजनिक भएको र त्यो क्षण अत्यन्तै संवेदनशील रहनुका साथै कसैले विजयको खुसी बाँडेको, कसैले हारको महसुस गर्नुपरेको विद्यार्थीको भनाई छ । तर, निर्वाचनले सबै विद्यार्थीलाई लोकतन्त्रको सौन्दर्य प्रतिस्पर्धासँगै सहिष्णुता, जिम्मेवारी र सहभागिता बारे सिकाई भएको विद्यालयको भनाई छ ।