काठमाडौं/३ जेठ – सेवा र विकासका लागि युवाले विभिन्न १३ जिल्लाका २ हजार ५ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
शुक्रवार पत्रकार सम्मेलनमार्फत विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी फरक–फरक १३ जिल्लाका कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्न लागिएको उक्त संस्थाले जानकारी गराइएको हो ।
शैक्षिक सामग्री वितरण गरिने जिल्लाहरूमा पाँचथर, उदयपुर, नुवाकोट, सप्तरी, रामेछाप, गुल्मी, अर्घाखाँची, रोल्पा, सुर्खेत, डोटी, बाँके, नवलपुर, तनहुँ रहेका छन् । संस्थाले विद्यार्थीहरूलाई झोला, कापी, कलम, जोमेट्री बक्स, प्राज्ञिक अङ्ग्रेजी बोलचाल पुस्तक, नेपाली बृहत् शब्दकोश र केही थान ल्यापटपसमेत रहेको संस्थाले बताएको छ ।
सेवा र विकासका लागि युवाका राष्ट्रिय सचिव खगेन्द्रबहादुर क्षेत्रीका अनुसार उक्त शैक्षिक सामाग्री मित्र राष्ट्र भारत सरकार र भारतीय जनताको सहयोगबाट उपलब्ध गराईने बताए ।
त्यस्तै, राष्ट्रिय अध्यक्ष डा.देवेन्द्र कण्डेलले देशका विभिन्न तहमा काम गर्ने व्यक्ति भनेको विद्यार्थीहरू नै भएकाले उनीहरूलाई कुनै पनि शैक्षिक सामग्रीको कमिको कारण अध्ययनमा समस्या उत्पन्न नहोस भनेर आफूहरूले सेवाको काम गरिरहेको बताए । उहाँले विभिन्न देशबाट आएको डोनेसन समाज कल्याण परिषद् मार्फत राज्यलाई कर तिरेर नै ल्याइएको जानकारी दिए ।



