विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ

काठमाडौँ /२७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूको आज पद तथा गोपनीयताको शपथ भएको छ ।


प्रधानमन्त्री निवास, बालुुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुुन कार्की, कुलपति प्रा. डा. रमेशकुमार ढुङ्गेल र रजिस्ट्रार डा. डम्बरध्वज चेमजोङले शपथ लिनुभएको हो । नयाँ कानुनी व्यवस्थानुुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुङ्गेललाई र कुलपति ढुङ्गेलले रजिस्ट्रार चेमजोङलाई शपथ दिलाएका हुन ।


कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्लेलगायत उपस्थित थिए ।