बुटवल सम्मेलन : शिक्षामा प्रविधि एकीकरणको नयाँ आयाम

बुटवल/२० माघ – नेपाल स्टेम एलायन्स द्वारा आयोजित ‘बुटवल सम्मेलन २०२५’ बुटवलमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, नीति निर्माता तथा उद्योगीहरूसँग शिक्षामा प्रविधिको एकीकरणका विषयमा छलफल गरिएको हो ।


कार्यक्रममा शिक्षाविद् डा. राम हरि लामिछाने ले विद्यार्थीहरूको जीवनमा प्राविधिक सीपहरूको लक्ष्य र भूमिका विषयमा महत्वपूर्ण विचार प्रस्तुत गरेका थिए । नेपालको आइबी कार्यक्रमका प्रशिक्षक मंगोलिका चक्रवर्तीले कक्षाकोठामा प्रगतिशील शिक्षण सिकाइ पद्धतिको बारेमा चर्चा गर्दै नवीनतम शिक्षण विधिहरू प्रस्तुत गरिन ।


नेपाल स्टेम एलायन्सका शैक्षिक प्रमुख दिपर्सन श्रेष्ठले बुटवलका विद्यार्थीहरू मानवी र प्रवेशद्वारा तयार गरिएका प्रोजेक्टहरू उजागर गर्ने विशेष सत्र सञ्चालन गरे । विद्यार्थीहरू विद्यालय पश्चात् कोडिङ कार्यक्रममा नामाङ्कन भएका थिए ।


नेपाल स्टीमएलाएन्सका कार्यकारी अधिकृत सुशील बुढाथोकीले आधुनिक विश्वमा कोडिङ र प्राविधिक सीपहरूको प्रवृत्ति तथा बुटवलसँगको तुलना विषयमा जानकारी प्रस्तुत गरेका थिए । कोडिङ ओलम्पियाड नेपालका कार्यक्रम संयोजक सुसन डंगोलले कोडिङ ओलम्पियाड नेपालको यात्राको प्रस्तुत गर्दै कोडिङ ओलम्पियाड नेपाल २.० को आधिकारिक रूपमा सुरुवात गरेका थिए । साथै लुम्बिनी प्रदेशका पूर्व मन्त्री विष्णु पन्थी द्वारा उद्घाटन गरिएको थियो । कोडिङ ओलम्पियाड नेपाल २.० फागुन ३, २०८१ मा आयोजना गरिनेछ । पूर्व मन्त्री पन्थीले नयाँ प्रविधिहरूलाई शिक्षण पद्धतिमा समावेश गर्न नीति परिवर्तनको आवश्यकताको रहेकोमा जोड् दिए ।


लुम्बिनी वल्र्ड स्कुलका प्रधानाध्यापक विष्णु प्रसाद ढकालले कोडिङ कक्षा स्कुल पाठ्यक्रमको सफल कार्यान्वयनको आफ्नै लुम्बिनी वल्र्ड स्कुलको दुई वर्षको अनुभव रहेको जानकारी दिए । नेपाल स्टेम एलायन्सले प्रविधि शिक्षामा रहेको खाडललाई कम गर्दै विद्यार्थीहरू र शिक्षकहरूलाई नवीनतम डिजिटल युगमा अघि बढ्न आवश्यक सीप प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको थियो । कन्फेरेन्समा ६ सय भन्दा बढी शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।