उपकुलपतिका लागि कार्यविधि संशोधन गरेर पुन आवेदन माग

काठमाडौँ /१८ माघ – काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि पुन आवेदन माग गरिएको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले कार्यविधि संशोधन गरेर पुन आवेदन माग गरेको हो ।


यसअघि १८ पुसमा पहिलो पटक आवेदन माग गरिएको थियो भने पुन दोस्रो पटक सूचना जारी गरेर माघ १८ गतेदेखि २४ गतेसम्म ७ दिनभित्र दरखास्त पेस गर्न भन्दै सूचना जारी गरेको छ । समितिले स्नातकोत्तर उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने गरी कार्यविधि संशोधन गरेको छ ।


त्यसैगरी पहिलो पटक प्रकाशित सूचना अनुसार दरखास्त दिएका उम्मेदवारहरूको आवेदन कायमै रहेको समितिले जनाएको छ ।