काठमाडौं/२१ कार्तिक – कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । समितिले कार्तिक २० मा स्वीकृत “कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१“ बमोजिम दरखास्त आह्वान गरेको हो ।
दरखास्त दिन इच्छुक तथा योग्य व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा १० (दस) दिनभित्र कार्यालय समयमा दरखास्त पेश गर्नुपर्ने छ । साथै कार्यविधिको अनुसूची – १ मा उल्लेख गरिएको ढाँचामा दरखास्त दिनुपर्ने छ ।




