काठमाडौं/१४ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ तीन अन्तर्गत शिक्षण विधि र विद्यार्थी मूल्याङ्कन अन्तर्गत शिक्षण विधिबाट नमूना विषयगत प्रश्नोत्तरको (भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : प्राथमिक तहमा अध्यापन हुने विषयहरुको विषयगत शिक्षण विधि (परिचय, विशेषताहरु, शिक्षण विधिको वर्गीकरण र प्रयोग), पाठ्यपुस्तक र शिक्षक निर्देशिकासँग शिक्षण विधिको सम्बन्धको अभ्यासका लागि सम्भावित नमूना प्रश्नोत्तरहरु
१. शिक्षकले पाठको योजना बनाउँदा विद्यार्थीहरूका व्यक्तिगत प्रतिक्रिया र मनोवैज्ञानिक पहुँचको सम्बन्ध कसरी समावेश गर्न सकिन्छ ? शिक्षण विधि र शैक्षणिक सामग्रीहरूको प्रयोग गरी शिक्षण सिकाइ व्रिmयाकलापलाई प्रभावकारी बनाउने उपायहरु लेख्नुहोस् ।
२. प्राथमिक तहमा गणित विषयको शिक्षण विधिमा अपनाइने शिक्षण विधिहरूको विश्लेषण गर्नुहोस् । यी विधिहरुबाट हुने फाइदा र कमजोर पक्ष लेख्नुहोस् । तपाईंले कुन विधिलाई बढी प्रभावकारी ठान्नुहुन्छ र किन ?
३. प्राथमिक तहमा भाषा शिक्षणका चूनौतीहरू र ती चूनौतीहरूलाई सम्बोधन गर्ने शिक्षण विधिहरूको चर्चा गर्नुहोस् । विशेष गरी द्विभाषिक वा बहुभाषिक कक्षामा यी विधिहरू कत्तिको प्रभावकारी छन् ? लेख्नुहोस् ।
४. एकीकृत पाठ्यव्रmमको अवधारणा र यसका मुख्य विशेषताहरूको विस्तृत व्याख्या गर्नुहोस् । यसलाई प्राथमिक तहमा लागू गर्दा अपनाउनु पर्ने शिक्षण विधिहरू र त्यसका फाइदाहरूको वर्णन गर्नुहोस् ।
५. प्राथमिक तहमा एकीकृत पाठ्यव्रmमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकहरूले अपनाउनु पर्ने रणनीतिहरू, चूनौतीहरू र समाधानहरु उल्लेख गर्नुहोस् ।
६. पाठ्यपुस्तक र शिक्षक निर्देशिकाहरूले शिक्षण विधि र प्रक्रियामा कसरी महत्वपूर्ण भूमिका खेल्छन् ? उदाहरणहरूको सहायता लिएर पाठ्यपुस्तक र शिक्षक निर्देशिकाको उपयोगले शिक्षण र शिक्षणको परिणामहरूमा कसरी सुधार ल्याउछ भन्ने स्पष्ट गर्नुहोस् । साथै, यी स्रोतहरूको प्रयोगले विद्यार्थीहरूको संलग्नता, बुझाइ र सीप विकासमा कसरी योगदान पु¥याउँछ ? विश्लेषण गर्नुहोस् ।



