प्याब्सनको नेतृत्वले विद्यालयहरु कतातिर जाने बाटो तय गर्नुपर्छ


डि.के ढुङ्गाना
सह–अध्यक्ष
केन्द्रीय प्याब्सन


सह–अध्यक्ष भइसकेपछि प्याब्सनमा अहिले जुन गतिविधि भइरहेका छन् । त्यसमा तपाईको भूमिका कस्तो रहयो ?
प्याब्सनको १४ औं राष्ट्रिय महाधिवेशन हामी सबैलाई थाहा छ । हामीले यो एउटा सहमतिको महाधिवेशन बनायौं । चुनावको अन्तिम विन्दुमा पुगेर हामीले सहमति गरेर एकाधार ग¥यौ । एउटै एजेन्डा, एउटै लक्ष्य र गन्तव्य भएको हुँदा प्याब्सनलाई कित्ता कित्तामा विभाजन गर्नु हुँदैन भनेर सहमतिमा महाधिवेशन ग¥यौ । यही महाधिवेशनमा मैले सह–अध्यक्षको जिम्मेवारी पाए । प्याब्सनको अध्यक्ष ज्यूले जे एजेन्डा, जे भिजन, जे मिशन बनाउनु भएको छ । सह–अध्यक्ष भएको हैसियताले ति एजेन्डाहरुलाई सफल बनाउन मेरो भूमिका रहयो र रहनेछ ।
अहिले हामिले सांगठनिक रुपमा प्याब्सनलाई मजबुत गर्ने, सक्षम बनाउने, सुदृढ गर्ने काम गरिरहेका छौं । त्यस्तै, स्कुल सञ्चालक, प्याब्सनका लिडरहरुलाई गुणस्तरीय विकासको निम्ति उहाँहरुको लिडरसीपको अझै वृहत अन्तरविकासका निम्ति काम गर्ने अध्यक्ष ज्यूको जुन लक्ष्य थियो, त्यसमा कन्फ्र्रेन्स टे«निङ गर्दै हामी अगाडि बढिरहेका छौं । प्याब्सनलाई विभिन्न माध्यमहरुमा पनि विकास गर्नका लागि हामीले अहिले एक्स्पो गर्दैछौं । यीनै विषयको सेरोफेरोमा रहेर अहिले हामीले काम गरिरहेका छौं ।


तपाईको बिचारमा प्याब्सनलाई अझै व्यवस्थित गर्न महत्वपूर्ण विषय के के हुन ?
प्याब्सन भनेको स्कुल लिडरहरुको लिडरसीप गर्ने संस्था हो । प्याब्सनसँग दुई वटा जिम्मेवारीहरु छन् । नीतिगत रुपमा विद्यालयहरुलाई संरक्षण गर्ने, सम्बद्धन गर्ने र प्रवद्धन गर्ने । अर्को भनेको त्यहाँ भित्र हुने शैक्षिक गतिविधिलाई वृहत ढंगले विकास गर्नका निमित्त त्यसका स्टेक होल्डरहरुलाई परिणात्मक बनाउने र तिनीहरुलाई समय सापेक्ष विकास गरी परिमार्जन गर्दै लैजाने । त्यसकारणले यी विषय नै हाम्रो महत्वपूर्ण विषय हुन् । यी अनुसार हामीले काम गर्नु प¥यो ।


निजी विद्यालयमा विभिन्न चुनौतिहरु आईरहेको अवस्था छ । कसरी अगाडि बढिरहनु भएको छ ?
यसमा दुईवटा कुरा छ । एउटा कुरा के हो भने सरकारले विभेद रहित ढंगले जाने हो भने यो सवाल नै उठ्दैन । किनभने अहिलेको जमाना भनेको प्रतिस्पर्धाको जमाना हो । त्यसैले सामुदायिक भएपनि संस्थागत भएपनि प्रतिस्पर्धा हुनुपर्छ । विभेद भएका कारणले हामीले एउटा ढंगले चुनौती फेस गरिराखेका छौं । त्यसमा हामी लडिरहेका छौं । सरकारले विद्यालयहरुको बीचमा वर्गीकरण गरिरहेको छ । सामुदायिक विद्यालयलाई असाध्यै राम्रो तरिकाले सुरक्षा गर्ने र निजी विद्यालयहरुलाई अपहेलित ढंगले दोस्रो दर्जाका हुन् भन्ने किसिमले हेरिरहेको छ । सामुदायिकमा पढोस् वा संस्थागतमा पढोस् हिजो र आजमा फरक भएको छ । अहिले सरकार, नागरिक समाज, शिक्षामा काम गर्ने मान्छे सबैको ध्यान सामुदायिक विद्यालयतिर केन्द्रित छ । त्यसले गर्दा जति पनि निजी विद्यालयहरु छन् । उनीहरुमा अब नयाँ कार्यक्रमका साथ अगाडि आउनुपर्ने र अझै जनताको मन जित्नु पर्ने चुनौती थपिएको छ । त्यसकारणले अब नयाँ ढंगले नयाँ सिराबाट हामीले नयाँ योजना बनाउनु पर्छ । नयाँ किसिमका कार्यक्रमहरु ल्याउनुपर्छ । टिचिङ्ग लर्निङ्गका क्रियाकलापलाई नयाँ ढंगले व्याख्या गर्नुपर्छ । यी कुराहलाई मध्यनजर गर्दै हामीले काम गरिरहेका छौं ।


शिक्षालाई विश्वस्तरीय बनाउन देशभित्रै पनि प्रतिस्पर्धा भइरहेको अवस्था छ । यसलाई व्यवस्थित गर्न के गर्नुपर्छ ?
सबैले बुझ्नु पर्ने कुरा के छ भने अबको समय भनेको ग्लोबलाइजेसनको हो । सीप र ज्ञान लिन कसैले छेक्दैन । हामीले राम्रो गर्न सकेनौ भने मान्छेले बाहिर गएर पनि त्यो चिज प्राप्त गर्न खोज्छन् । हाम्रै देशमा यो किसिमको अवसर छ भनेर बुझाउनुपर्छ । समाजलाई, राष्ट्रलाई यसका साथै अन्तर्राष्ट्रिय जगतलाई पनि नेपाल शिक्षा क्षेत्रका लागि एउटा राम्रो गन्तव्य हुन सक्छ भन्ने सन्देश दिनुपर्छ । त्यो किसिमले हामीले काम गर्नुपर्छ । विद्यालयको पुनः संरचना, पुनः निर्माण गर्न सकियो भने मात्र हामीले अब बाँच्न सक्छौं । अहिलेकै ढाँचामा हामीले जे काम गरिरहेका छौं, त्यही अनुसार काम गरिरहेमा एक दशक पछि हामीले हामीलाई यो स्थानमा उभ्याउन सक्दैनौ । विद्यालयमा लिडरसीप गर्ने व्यक्तिहरुले बुझ्नुपर्ने कुरा के छ भने २१ औं शताब्दीको विश्वको शिक्षा प्रतिको माग के हो ? त्यसलाई पूरा गर्नका लागि हामीले गर्नुपर्ने काम के हो ? सूचना प्रविधिले शिक्षालाई कतातिर लगि राखेको छ ? भन्ने कुरालाई मनन गरेर त्यसमा अब काम गर्न सुरु गर्नुपर्छ । विद्यालयका लिडरहरुले अब विद्यालयका लिडरहरुका रुपमा नेतृत्व गर्ने, प्याब्सनका लिडरहरुले विद्यालयहरु कतातिर जाने भन्ने बाटो तय गरी काउन्सिलिङ र गाइड गर्ने काम गर्नुपर्छ ।


यो एक वर्षलाई कसरी समिक्षा गर्नुहुन्छ र अबका योजना के के छन् ?
अब मूलत १४ औं महाधिवेशनले चयन गरेको नेतृत्व टिकाराम पुरीको अध्यक्षतामा त्यो नेतृत्वले एउटा भिजन विकास ग¥यो । त्यो भिजन के बनायो भन्दा नीतिगत रुपमा राज्यसँग प्राप्त गर्नुपर्ने हाम्रा अधिकारहरु, हाम्रा एजेन्डाहरको विषयमा जुन रोड म्याप बनेको थियो । त्यो रोड म्यापका कुराहरु, शिक्षा लिडरलाई विकास गर्ने कुराहरु हामीले योजना गरिएका विषयहरु कै ट्रयाकमा भएको हुनाले गएको एक वर्षलाई नराम्रो भन्न मिल्दैन । त्यसमा हामीले सन्तृष्टि लिने थुप्रै विषयहरु छन् । यदापि हामीले एक वर्षमा अझ धेरै काम गर्न सक्थ्यौं । तर, केही कामहरु गर्न सकेनौं । प्याब्सन संगठन कसरी निर्माण हुने ? कस्तो हुने ?यसलाई पनि कसरी पुर्नसंरचित गर्ने ? अझ अग्रिम बनाउने भन्ने विषयमा चाही अलिकति हामीले काम गर्न पुगेको छैन । अब यसलाई आउने वर्षमा पूरा गछौं । एक वर्षको यो कार्यकालमा बनाएका कामलाई सकारात्मक रुपमा लिनुपर्छ ।