काठमाडौं/३ चैत–शिक्षक सेवा आयोगले आईतबार गत असोज महिनामा सञ्चालन गरेको शिक्षक लाइसेन्स परीक्षाको निम्न माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले निमावि तहको विज्ञान विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । फागुन १३ गतेबाट आयोगले शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गर्न सुरु गरेको हो । पहिलो चरणमा मावि तहको नतिजा सार्वजनिक गरेको थियो । आयोगले अहिले सम्म कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, कानुन विषय, बाली विज्ञान, पशु विज्ञान, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, कार्यालय सञ्चालन तथा लेखा विषय, विज्ञान विषय, नेपाली, गणित, सामाजिक र अंग्रेजी विषयको नतिजा सार्वजनिक गरिसकेको छ ।