शिक्षा मन्त्रालयले ७ प्रदेशमा गरेको छलफल सच्याउन महासंघको चेतावनी

काठमाडौँ /३१ साउन – नेपाल शिक्षक महासङ्घले शिक्षक–कर्मचारीका पेसागत समस्या र नीतिगत समाधान विषयमा छलफल तथा सुझाव सङ्कलन ( नीति संवाद) कार्यक्रम आयोजना भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा साउन ३० गतेबाट ७ ओटै प्रदेशमा छलफल आयोजना गरेको प्रति विरोध जनाएको हो ।


शिक्षक–कर्मचारी पेसागत विषयमा नीति संवाद भइरहँदा शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्था ने शि. महासङ्घको संस्थागत उपस्थिति नखोजिनु र नराखिनुले शिक्षक–कर्मचारीका समस्या र पेसागत आन्दोलनप्रति मन्त्रालयको नियत उदाङ्ग भएको महासंघको भनाई छ ।


यस विषयमा गम्भीर बनी अविलम्व आफूलाई सच्याउन मन्त्रालयको ध्यानाकर्षण गराएको छ । साथै यसबाट सिर्जना हुने असजिलो परिस्थितिप्रति मन्त्रालय आफैं जिम्मेवार हुन चेतावनी दिएको छ ।


विज्ञप्तिमा भनिएको छ “नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा मिति २०८३ साउन ३० गतेबाट ७ ओटै प्रदेशमा शिक्षक–कर्मचारीका पेसागत समस्या र नीतिगत समाधान विषयमा छलफल तथा सुझाव सङ्कलन ( नीति संवाद) कार्यक्रम आयोजना भएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । शिक्षक–कर्मचारी पेसागत विषयमा नीति संवाद भइरहँदा शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्था ने शि. महासङ्घको संस्थागत उपस्थिति नखोजिनु। र नराखिनुले शिक्षक–कर्मचारीका समस्या र पेसागत आन्दोलनप्रति मन्त्रालयको नियत उदाङ्ग भएको छ । यस विषयमा गम्भीर बनी अविलम्व आफूलाई सच्याउन हामी मन्त्रालयको ध्यानाकर्षण गराउँछौं । अन्यथा यसबाट सिर्जना हुने असजिलो परिस्थितिप्रति मन्त्रालय आफैं जिम्मेवार हुने कुरा समेत प्रस्ट पार्न चाहन्छौं ।”