चिकित्सा शिक्षा आयोगको शैक्षिक क्यालेण्डर संशोधन गरी पुनः सार्वजनिक

काठमाडौँ /१३ जेठ – चिकित्सा शिक्षा आयोगले वार्षिक शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । आर्थिक् वर्ष २०८१/८२ को वार्षिक शैक्षिक क्यालेण्डर संशोधन गरी सार्वजनिक गरेको हो ।


आयोगले शैक्षिक सत्र २०८१–८२ मा चिकित्सा शिक्षा आयोगबाट सञ्चालन गरिने चिकित्सा शिक्षाका विभिन्न कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षा लगायत विद्यार्थी भर्नासम्बन्धी कार्यक्रमहरू समावेश गरी जेठ ११ गते प्रकाशन गरेको क्यालेण्डेर संशोधन गरी सार्वजनिक गरिएको जनाएको छ ।


साथै जेठ ११ गते प्रकाशन गरिएको वार्षिक शैक्षिक क्यालेण्डरमा स्नातकोत्तर तह र डिएम एमसिएच कार्यक्रमको केही क्रियाकलाप सम्पादन गर्ने मिति फरक पर्न गएकोले आयोगको कार्यकारी समितिको १३ गतेको निर्णयानुसार संशोधन गरी पुनः सार्वजनिक गरेको हो ।


हेर्नुहोस शैक्षिक क्यालेण्डर