अस्ट्रेलिया अध्ययनमा जाँदा विद्यार्थीले देखाउनु पर्ने रकममा वृद्धि

काठमाडौँ /२६ बैशाख – उच्च शिक्षा अध्ययनमा अस्ट्रेलिया जाने विदेशी विद्यार्थीहरूले पढ्न जाँदा देखाउनु पर्ने वर्ष भरीको खर्चको रकम वृद्धि गरेको छ । अस्ट्रेलियाको गृह विभागले सूचना जारी गर्दै यस भन्दा अगाडीको आवश्यक रकम भन्दा झन्डै ५ हजार डलर वृद्धि गरेको हो ।


मे १० बाट लागु हुने गरी जारी गरिएको सूचनामा अस्ट्रेलियामा बस्नका लागि एक वर्षको खर्च २९ हजार ७ सय १० डलर देखाउनु पर्ने जनाएको छ । यो रकम सहित पछिल्लो एक वर्षलाई हेर्दा करिब ९ हजार डलर वृद्धि गरेको छ ।


यसभन्दा अगाडी अक्टुबर २०२३ मा यो रकम २४ हजार ५ सय ५ डलर पु¥याएको थियो । साथै अक्टुबर २०२३ भन्दा अगाडी करिब २१ हजारको हाराहारीमा रकम थियो । योसँगै अब विद्यार्थीले भिसाका लागि आवेदन दिँदा यो रकम पनि बैँक ब्यालेन्स देखाउनु पर्न सक्ने जानकारहरू बताउछन् ।


त्यसैगरी डिपेन्डेन्टमा आवेदन दिनका लागि पनि गत वर्षका तुलनामा ३ हजार डलर वृद्धि गरी १० हजार ३ सय ८४ डलर पु¥याइएको छ ।