नुवाकोट/२६ बैशाख – विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको हो ।
मृत्यु हुनेमा काठमाडौँ निवासी रुविन रावल र स्वीकार राना छन् । त्यसैगरी उपकार थापा र ऋतिक तिवारी गरी दुई जना घाइते भएका छन् । घाइते उकार थापाको टाउको, हात, र खुट्टामा चोट लागेको छ भने तिवारीको देव्रे खुट्टा भाचिएको छ ।
काठमाडौँको बानेश्वरस्थित ग्लोबल कलेजमा अध्ययनरत उनीहरु कक्षा १२ को अन्तिम परीक्षा सकेर दशजना साथीहरु मिलेर पाँचवटा मोटरसाइकलमा धादिङ घुम्न जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको बताइएको छ ।
नुवाकोटको बट्टारस्थित अर्किड एकेडेमीको बा३क ३७२२ नंको बस बेलकोटगढी–८ काशीटारमा विद्यार्थी छाडेर फर्किन लागेको समयमा दुईवटा मोटरसाइकल ठोक्किएको हो ।



