शिक्षा क्षेत्रको बजेट विनियोजन विवरण सार्वजनिक

काठमाडौँ /३ बैशाख शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा विगत ५ वर्ष देखिको बजेट विनियोजन विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले सुझाव दिन आग्रह गर्दै सार्वजनिक गरेको हो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सार्वजनिक भएका तथ्याङ्कको अध्ययन र विश्लेषण गरेर अध्येताहरूलाई सुझाव दिन अनुरोध गरेकि छन् । ‘हामीले विगतदेखि नै सार्वजनिक सरोकारका तथ्याङ्क सहजै उपलब्ध हुनुपर्ने धारणा राख्दै आएका थियौँ । यी तथ्याङ्कका आधारमा प्राप्त कार्यान्वयन योग्य सुझावलाई आगामी बजेट बनाउने क्रममा मन्त्रालयले मनन गर्नेछ मन्त्री श्रेष्ठले भनिन् ।


शिक्षामा लगानी कहाँ कहाँ भइरहेको छ र त्यसको प्रतिफल के प्राप्त भइरहेको छ भनेर अध्ययन गर्न अध्येता, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई यी तथ्याङ्कले सहयोग गर्ने अपेक्ष्या रहेको मन्त्रालयले जनाएको छ ।


साथै तथ्यांकको अध्ययन गरेर सुझाव मन्त्रालयको इमेल [email protected]  मा पठाउन आग्रह गरेको छ ।


शिक्षा क्षेत्रमा ५ वर्ष देखिको बजेट विनियोजन विवरण हेर्न यहाँ क्लिक गर्नुहोसः