गण्डकी प्रदेश अन्तर्गत १० जिल्लाका विभिन्न तह, श्रेणीका शिक्षक बढुवा

कास्की/१० चैत – शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्याङ्कनको आधारमा गर्ने ७५ प्रतिशत शिक्षक बढुवाको सिफारिस गरेको छ । गण्डकी प्रदेश अन्तर्गत १० जिल्लाका विभिन्न तह, श्रेणी र विज्ञापनका उम्मेदवारहरूको बढुवाका लागि सिफारिस गरेको हो ।


शिक्षक सेवा आयोग नियमावली– २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने गण्डकी प्रदेश अन्तर्गत १० जिल्लाका विभिन्न तह, श्रेणी र विज्ञापनका उम्मेदवारहरूलाई शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ को प्रयोजनका लागि सूचना प्रकाशित गरिएको छ ।


बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।