उपकुलपति नियुक्ति रोकिएका विश्वविद्यालयको प्रक्रिया अगाडि वढ्छ : शिक्षा मन्त्री

काठमाडौँ /१० चैत-मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने शिक्षा मन्त्री सुमना श्रेष्ठले बताएकी छन् । शुक्रबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उक्त दुई विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया नरोकिने बताएकी हुन् ।


नेकपा(एमाले)की सांसद विद्या भट्टराईले दुई विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको भन्दै प्रश्न गरेपछि मन्त्री श्रेषठले जवाफ दिँदै विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्ड कडा भएको आवाज आएकाले प्रक्रिया रोकिएको जानकारी दिइन् ।


उनले आफू सहकुलपतिको हैसियतले सर्च कमिटीमा पनि भएको स्पष्ट पारिन् । उनले अध्ययनमा बढी नम्बर दिनुपर्छ भनेर प्रधानमन्त्रीलाई आग्रह गरिएको भन्दै सोही अनुरूप अगाडि बढ्ने र प्रक्रिया नरोकिने बताइन् ।