नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

युवराज रेग्मी
झापा/९ चैत – झापाको गौरादह नगरपालिका वडा न ३ स्थित श्री दुर्गा देवी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई नेपाल प्रहरी श्रीमती संघले शैक्षिक सामाग्री वितरण गरेको छ ।


विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष शिव शमसेर अधिकारीको अध्यक्षता तथा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्ययतामा आयोजित कार्यक्रममा ५० विद्यार्थीहरूलाई स्टेसनरी सामग्री तथा स्कुल ब्याग वितरण गरिएको विद्यालय प्रधानाध्यापक रिपु प्रसाईंले जानकारी दिएकी छन् ।


कार्यक्रममा श्रीमती संघकी महासचिव अनुश्री पाख्रिन, श्रीमती संघकी प्रशासन सचिव अजिता देवकोटा लगायतले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । शैक्षिक सामग्री वितरण कार्यक्रममा विशिष्ट अतिथि गौरादह नगरपालिका उपप्रमुख जलवर्षा राजवंशी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, इलाका प्रहरी कार्यालय दमकका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विश्वकर्मा, इलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रहरी नायब निरीक्षक प्रमोद रेग्मी, वडा न ३ का वडा अध्यक्ष दिलीप भण्डारी , विद्यालय व्यवस्थापन समितिका सदस्यहरू साथै विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।


बालबालिकाको शैक्षिक विकासमा टेवा पुर्‍याउने हेतुले नेपाल प्रहरी श्रीमती संघले शैक्षिक सामाग्री वितरण गरेकोमा विद्यालयको तर्फबाट प्रधानाध्यापक प्रसाईंले धन्यवाद व्यक्त गरे ।