काठमाडौँ /६ चैत–प्रतिनिधि सभा अन्तर्गत गठित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन बुधबार हुने भएको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकले सभापतिको निर्वाचनका लागि मिति तय गरेको हो ।
सभापतिको निर्वाचन सम्बन्धी तालिका संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले सार्वजनिक गरेका छन् । यस अघिका सभापति भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएपछि समितिको सभापति पद रिक्त भएको हो ।
