मेटमणिले भने : नेपाल संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भयो

काठमाडौं/५ चैत – नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपाल संस्कृत विश्वविद्यालयको नाममा लुट मच्चाउने काम भइरहेको बताइएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै किसानहरुले मुद्दा खेप्न परेको र अन्यायमा परेको बताएका हुन् ।


उनले नेपाल संस्कृत विश्वविद्यालयको नाममा सालभौडी, लमही लगायतका स्थानमा किसानहरु माथी लुट मच्चाइएको बताए । साथै दशकौँदेखि किसानहरू नेपाल संस्कृत विश्वविद्यालयका कारण मुद्दा खेपिरहनु परेका कारण हैरानी भएको बताए ।


उनले यसलाई छुट्टै विधेयक ल्याएर नेपाल संस्कृत विश्वविद्यालयबाट पिडामा रहेका किसानलाई न्याय दिन आग्रह गरे ।